सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
226.   सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट (हेर्नुस् पूर्णपाठ)
227.   रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार
228.   आर्थिक वर्ष ०७४/७५ को १२ खर्ब ८० अर्बको बजेट आज
229.   मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार, सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण
230.   आज सरकारको नीति तथा कार्यक्रम सदनमा पेश हुदै
231.   बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित
232.   बुम रेमिट र स्वावलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
233.   एभरेष्ट बैंकको निक्षेप परिचालन योजना सुरु
234.   संसदको बजेट अधिवेशन शुरु, १२ खर्ब बढीको बजेट ल्याउने तयारी
235.   ओमानबाट पैसा पठाउन बुम रेमिट र ग्लोबल मनि एक्स्चेन्जबीच सम्झौता
236.   कुवेतले रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने तयारी गर्दै
237.   ढकालको अध्यक्षतामा डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति
238.   सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ
239.   जनरल फाइनान्स र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
240.   बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने
241.   शुल्क बढेपछि त्रिभूवन विमानस्थलबाट हुने आयात निर्यात ठप्प
242.   आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा
243.   एकै व्यक्तिको एक भन्दावढी खाता सञ्चालनमा रोक
244.   एनसेलको पिआरबिटी सेवा अब मात्र रु १ मा
245.   जनरल फाइनान्सको सिर्इओमा पहारी नियुक्त
246.   एलसीसी ट्रान्स–सेन्डिङ र सीटी एक्सप्रेसबीच सम्झौता
247.   उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा, क–कस्ले जिते ?
248.   महासंघको नेतृत्व हत्याउन चुनावी साधारणसभा सुरु, मंगलबार नयाँ नेतृत्व चयन
249.   जेएमईको नयाँ शाखा जापानको फुकुओकामा
250.   एभरेष्ट बैंकको ८८औं एटिएम जैन भवनमा
Results 894: You are at page 10 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media