बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ पुस ०९ गते ०२:०१

गैरआवासिय नेपाली संघ (एनआरएनए) स्वीडेनको अगुवाइमा सुरु भएको ‘चाइल्ड टु चाइल्ड’ अभियानमार्फत रोल्पाका विद्यार्थीलाई राहत मिलेको छ । रोल्पाको सिद्धार्थ माध्यमिक विद्यालय सुकिदह–३ घोप्टेओढारका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्वन्द्वपीडित विद्यार्थीलाई स्वीडेनबाट नियमित आर्थिक सहयोग जुट्न थालेपछि विद्यार्थीले राहत महशुस गरेका छन् ।
 
एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार यो कार्यक्रम एनआरएनए स्वीडेनको सक्रियतामा रोल्पाका द्वन्द्वपीडित, टुहुरा, असाहय बालबालिका र स्वीडेनमा अध्ययन गरिरहेका विद्यार्थीहरुको भावनात्मक एकता गराउने उदेश्यले सुरु भएको हो ।
 
उनले भने, ‘कार्यक्रम स्वीडेनमा पढ्ने नेपाली बालबालिका र रोल्पाका बालकालिकालाई सहयोग गर्ने अभियानका रुपमा अघि बढाइएको हो,’ उनले भने, ‘कार्यक्रममार्फत कसले कसलाई सहयोग गर्दैछ भन्ने दुवैतिरका विद्यार्थीहरुलाई थाहा हुन्छ र दिर्घकालिन रुपमा कार्यक्रम अघि बढाउने अभिप्राय हो ।’
 
सोही अभियान अन्तर्गत हाल २० जना विद्यार्थीका निम्ती सहयोग गर्दै आइरहेकोमा त्यसलाई बढाएर ३३ जना विद्यार्थी थपेर ५३ पुगेको छ । भर्खरै मात्र सम्झौता भइ १ लाख ८७ हजार १४५ रुपैंयाँ हालैमात्र विद्यालयलाई रकम पठाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
 
यो कार्यक्रमले स्वीडेन र नेपालमा रहेका बालबालिकाबीच बालमैन्त्री सम्बन्ध स्थापित गराउने उदेश्य राखेको छ । सोही सोही अभियान अन्तर्गत हालै सुकिदह गाउँपालिकाका शिक्षा प्रमुख शेरबहादुर डाँगीको प्रमुख आतिथ्यमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो । तीनै विद्यार्थीहरुलार्इ बिद्यालय पोशाक र किताब बोक्ने झोला पनि चाडै उपलब्ध गराउने नमुना बिद्यालय अभियानका संयोजक प्रेम बहादुर वलीले बताए ।
 
एनआरएनए–स्वीडेन अध्यक्ष अर्जुन श्रेष्ठको बिशेष पहलमा २ बर्षका लागि बिद्यालयका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने सम्झौता भएको थियो ।
 
यसअघि एनआरएन स्विडेनको सहयोगमा बनेको २ कोठे भवनको उद्घाटन गरेसंगै एनआरएन स्वीडेनको अगुवाइमा बालबालिकाहरुका लागि पुनः थप सहयोग कार्यक्रममा हातेमालो गरेको हो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
2.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
3.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
4.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
5.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
6.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
7.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
8.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
9.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
10.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
11.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
12.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
13.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
14.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
15.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
16.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
17.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
18.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
19.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
20.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
21.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
22.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
23.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
24.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
25.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Results 380: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media