शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
176.   एनआरएन ओमानको तेश्रो अन्तर नेपाली क्रिकेट प्रतियोगिता सम्पन्न
177.   दाङ देउखुरी समाज कतारद्धारा मिर्गौला रोगीलाई आर्थिक सहयोग
178.   कतारमा कोइरालाको १३ औं पुण्यतिथिमा श्रद्धान्जली सभा
179.   अर्घाखाँची सेवा समाज कतारको अधिबेशन सम्पन्न
180.   जनसम्पर्क समिति अष्ट्रेलियामा गिरी सर्वसम्मत
181.   कतारमा गुल्मेली वनभोज तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
182.   नेपाल पैसा पठाउदा साउदी अरबमा एक नेपालीलाई कार उपहार
183.   अमेरिका हिँडेका पाँच नेपाली पक्राउ
184.   स्याङ्जा सहयोग समाज युएइको वार्षिक उत्सव सम्पन्न
185.   कपिलवस्तु मुस्लिम समाजको अध्यक्षमा अख्तर हुसेन गड्डी
186.   बुद्धभुमि कपिलवस्तुको भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न
187.   ‘नेप्लिज विजनेस एशोसिएसन’मलेसियामा निरौला
188.   ओमानमा संयुक्त बैचारिक संयन्त्र गठन
189.   कतारमा एक नेपालीसहित पाँच जनालाई मृत्युदण्ड
190.   ओमानमा अन्तर नेपाली भलिबल प्रतियोगीता भब्यरुपमा सम्पन्न
191.   मयुर कर्पोरेशनद्धारा चितवनका बालबालिकालाई विभिन्न सहयोग प्रदान
192.   मह जात्राका कलाकारलाई जापानवासी नेपालीबिच स्वागतार्थ कार्यक्रम हुँदै
193.   कोमामा रहेका विरामीलाई कोरियामा रहेका नेपालीको सहयोग
194.   इजरायलमा नेपाली चेली माथि आक्रमण
195.   कोरियामा हत्या गरिएका रावतको नाममा अक्षय कोष निर्माण तथा सहयोग
196.   चितवन युवा समूहको पहिलो विश्व सम्मेलन भरतपुरमा हुँदै
197.   नेपाली प्रवासी मञ्च ओमानको बनभोज तथा सम्मान कार्यक्रम
198.   जनप्रगतिशिल मोर्चा जापानको सभामुखसँग भेट
199.   ओमानमा रहेका नेपालीको दशैं
200.   अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैंं टीका
Results 354: You are at page 8 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media