सोमवार, असार ३२ गते, २०७५
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
151.   थपलिया स्वीडेनको पर्यटनदूत
152.   रोजगारीका लागि कतार गएका नरेशकुमार ८ वर्षदेखि बेपत्ता
153.   काम गरेको पारिश्रामिक माग्दा साउदी जेलमा यातना भोग्दै एक नेपाली
154.   प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन
155.   नेपाली महिला समुह ओमानद्धारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
156.   यूएईमा वेटरदेखि सेफ बनेका थापा
157.   युएईमा नेपाली स्वाद चखाउदै 'नेपालीको सगरमाथा रेष्टुरेण्ट'
158.   नारी दिवसमा एकता समाज कतारको बनभोज
159.   गोरखा सेवा समाज युएईको बनभोज कार्यक्रम सम्पन्न
160.   अमेरिकामा नेपाली विषयको पढाइ
161.   काम सिकेर आएमा युएईमा प्रशस्त अवसर छ
162.   प्रवासीतर्फ राप्रपा केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
163.   भिजिट भिषामा यूएई आउनेलाई व्यवस्थित गर्नु पर्ने माग
164.   जिल्ला समन्वय समिति कतारको अन्तरक्रिया सम्पन्न
165.   लेवनानबाट डिपोट भएका सुजना र रोजीको अपिल: ‘हामीलाई न्याय र फसाउनेलाई कारवाही होस्’
166.   कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा सुरु
167.   मृतकको परिवारलाई युएर्इबाट सहयोग
168.   मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की
169.   मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई
170.   मलेसियामा हिमालय गोल्डकप फुटबलको उद्घाटन
171.   कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार
172.   इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राऊ
173.   जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न
174.   मलेसियामा हिमालय गोल्ड कप फुटबलको अन्तिम तयारी
175.   मलेसियामा एकता दिवस मनाइयो
Results 427: You are at page 7 of 18
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last

Powered By : Unitech Media