शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
126.   काभ्रे सम्पर्क समिती कतारमा ढुंगाना
127.   मलेसियामा नेपालीको मःम किङ खुल्यो
128.   कोरियामा कार्यरत २३ युवाले दिए जन्मभूमिलाई एम्वुलेन्स उपहार
129.   कतारमा सुगन्ध फैलाउँदै : पिर मोहम्मद
130.   प्रवासबाट पनि समाजसेवामा कमलाको सक्रियता
131.   चितवन सेवा समाज कुवेतमा नयाँ कार्यसमिति
132.   मलेसियाका विदेशीलाई नेपाली स्वादमा लोभ्याउँदै गुष्टा क्याफे
133.   युएईमा नेपालीको लगानी रहेको जिकेएस टायरको उद्घाटन
134.   राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त
135.   रुकुममा आमा बुवाको आँसुको धारा, कतारको अस्पतालमा मा छोरो ९ महिना देखि बेसहारा
136.   नेपाली कामदारको कानुनि अधिकार हनन हुन दिदैनौ : हुवैल
137.   मानवसेवा आश्रमलाई कतारका समाजसेवी गुरुङको सहयोग
138.   ओमान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
139.   राजा घले अमेरिकामा सम्मानित
140.   धुर्मुस–सुन्तली फाउण्डेशनलाई एभरेष्ट नेपालको १४ लाख, बाकि रकम छिट्टै हस्तान्तरण गरिने
141.   कतारमा ‘चितवन धमाका’ र ‘धुर्मुस सुन्तली साँझ’
142.   चितवन धमाकाका लागि कलाकार टोली कतार प्रस्थान
143.   एनआरएन जापानद्धारा लायन्स क्लबका प्रतिनिधिहरुलाई स्वागत
144.   अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ
145.   कतारमा आप्रवासी समुदाय र मानव अधिकार समितिबीच सहकार्य
146.   अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य
147.   धुर्मुस सुन्तली एकिकृत बस्ती निर्माणका लागि एभरेष्ट नेपाल युथ एसोसिएसनले सहयोग अभियान सुरु गर्ने
148.   संयुक्त बैचारिक सयंन्त्रद्धारा ओमानबाट पिडित महिलाको उद्धार
149.   कतारमा अलपत्र १८५ नेपालीलाई एभरेष्ट नेपाली युथ एसोसिएसन र बसन्त फिल्मसको खाद्यान्न सहयोग
150.   कृष्ण प्रणामी युवा परिषद युएईको तेस्रो अधिवेशन सम्पन्न
Results 354: You are at page 6 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media