शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
101.   मलेसियामा हिमालय गोल्ड कप फुटबलको अन्तिम तयारी
102.   मलेसियामा एकता दिवस मनाइयो
103.   नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड
104.   साउदीमा नेपाली कामदारका संकटबारे अन्तरक्रिया
105.   पत्रकार महासंघ यूएई अध्यक्षमा बस्याल
106.   अष्ट्रेलियाको सर्बोच्च शिखर चढेर नेपालीहरुले राखे कीर्तिमान
107.   अमेरिकामा १० अवैतनिक दूत
108.   उद्योगी बिनोद चौधरीले अमेरिकाको पशुपति बुद्ध मन्दिरलाई बुद्धको मुर्ति उपहार दिने
109.   धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन कतारका व्यवसायी कोइरालाले दिए ४० लाख
110.   सुडानमा अपहरित दुई नेपालीसहित तीनजना राष्ट्रसङ्घ कर्मचारी अपहरणमुक्त
111.   पर्यटनमन्त्री शाही र अष्ट्रेलियाका छायाँमन्त्री बुर्केबीच भेटवार्ता
112.   युएईमा संचालित ग्रीनलाइन ट्राभलले बार्षिकोत्सवको अवसरमा विशेष छुट दिने
113.   युएईको राष्ट्रिय दिवसमा नेपाली नृत्य प्रस्तुत
114.   नेपाली युवाले जापानमा जिते ११ लाख राशीको वक्तृत्वकला पुरस्कार
115.   परराष्ट्रमन्त्री डा. महतको सम्मानमा एनपिसीसीएको रात्रिभोज
116.   कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्काइयो
117.   इजरायलमा साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट सम्पन्न
118.   ओमानमा सगरमाथा समुहको फुटवल प्रतियोगिता सम्पन्न
119.   कुबेतबाट १७ घरेलु महिला कामदार स्वदेश फिर्ता
120.   साउदीबाट हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
121.   ३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको योजना
122.   अमेरिकामा कार दुर्घटना हुदा ४ नेपालीको मृत्यु
123.   बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग
124.   जनसम्पर्क समिति अष्ट्रेलियाको मैत्रिपूर्ण फूटवल सम्पन्न
125.   कतारमा ५४ औं नेपाल इन्जिनियर्स डे सम्पन्न
Results 354: You are at page 5 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media