सोमवार, असार ११ गते, २०७५
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
26.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
27.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
28.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
29.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
30.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
31.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
32.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
33.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
34.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
35.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
36.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
37.   दुबईमा नेपाली ब्राण्डको पानी
38.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
39.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
40.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
41.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
42.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
43.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
44.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
45.   रसुवाली समाज यूएईको गठन
46.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
47.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
48.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
49.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
50.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 416: You are at page 2 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media