शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
326.   एनआरएन मलेसियाले गर्यो राजदुत वस्न्यातको भब्य स्वागत
327.   दार्चुलाका बाढिपीडितलाई बहराइनका नेपालीको सहयोग
328.   ओमानमा नेपाली दुतावासको उदघाटन
329.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
330.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
331.   साउदीमा धरपकड शुरु
332.   मलेसियाको भिषा शुल्क बढ्यो
333.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
334.   साउदीमा नेपाली कामदारको मृत्यु
335.   प्रबासको दशै, म र मेरी आमा
336.   मलेसियाका लागि नेपाली राजदूतमा बस्न्यात
337.   किन अवैध बस्छन् कोरियामा नेपाली?
338.   सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सर्ने
339.   मलेसियामा गैरकानूनी रुपमा कार्यरत २३ नेपाली सेक्युरिटी गार्ड पक्राउ
340.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
341.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
342.   राजदूत शर्मा अदालत जाने
343.   राजदुत शर्मालाई पदमुक्त गर्ने मन्त्रीपरिषदको निर्णय
344.   नराम्रो प्रचारवाजीले म डराउँदिन : राजदूत डा.शर्मा
345.   कतार फुटबल एसोसिएसनबाट सागर नेपाल सम्मानित
346.   मोरङ–सुनसरी सेवा समाजको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा तामाङ
347.   दूतावासका भ्रष्ट कर्मचारीलाई तत्काल फिर्ता बोलाउन माग
348.   मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त हुदै
349.   १० नेपाली साउदीमा अलपत्र
350.   सिराहा सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम
Results 354: You are at page 14 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media