शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
301.   जापान आउनुअघि गम्भीर सोच्नुस !
302.   अष्ट्रेलियामा नेपाली भिजन नाईट सम्पन्न
303.   बहराइनवासी नेपालीले भने –दूत विनाको दूतावासको के काम ?
304.   घरेलु कामदार रोकलाई खाडीमा कार्यरत महिलाको स्वागत
305.   राजदूतको नै फोन उठाउँदैनन् दूतावासका कर्मचारी
306.   कतारबाट साहाराको घरलाई आर्थिक सहयोग
307.   दूतावास खुल्यो अव सामाजिक क्लव खोल्दै ओमानवासी नेपाली
308.   दोहामा खेलकुद र सांगीतिक कार्यक्रम हुने
309.   स्याङजा सहयोग समाजको नवौं वार्षिकोत्सव सम्पन्न
310.   कतारमा शोक सभा गरियो
311.   वहराइनमा निःशुल्क स्वास्थ्य शिविर
312.   कतारमा रक्तदान र सचेतना कार्यक्रम
313.   एनआरएन ओमानले नारी दिवस मनायो
314.   एनआरएन ओमानद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
315.   मृत्युदण्ड सुनाइएका खालिङ्ग वचाउन ७५ लाख उठ्यो
316.   कतारमा प्रचण्डको सरकारी भेट
317.   वृद्धाश्रममा ढुंगानाको सहयोग
318.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
319.   स्वदेश फर्कन साउदीवाट श्यामवहादुरको हारगुहार
320.   नेपाल लोकतान्त्रिक मञ्च कतारको प्रथम राष्ट्रिय भेला सम्पन्न
321.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
322.   मलेसियाले विदेशी कामदारको माग घटाउने
323.   मलेसियामा अबैध कामदारमाथि भोलिवाट फेरी धरपकड
324.   स्याङ्गजा सहयोग समाज कतारमा बस्याल
325.   बहराइनले नेपाली कामदारलाई थप अवसर दिने
Results 354: You are at page 13 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media