आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
276.   कतारमा रक्तदान गर्न एनआरएनको साथमा अन्य संघसंस्था
277.   ‘नेपाल टिभी क्यानाडा’ शनिवारदेखि प्रशारण आरम्भ
278.   मृगौला पिडित परियारलाई कतारबाट ४ लाख सहयोग
279.   नेपालीको दक्षता अनुसार रोजगारी दिइने – ओन्टारियो प्रिमियर
280.   स्याङजा सहयोग समाज कतारको साधारणसभा सम्पन्न
281.   नेपालि व्यवसायीद्वारा कतारमा सुपर मार्केट संचालन
282.   ओमानमा एनआरएनको महिला दिवश कार्यक्रम सम्पन्न
283.   क्यानाडामा शेर्पा लोसार पर्व सम्पन्न
284.   यूएईमा ३३ औं मगर दिवस सम्पन्न
285.   तेश्रो एशियन कम्युनिटी फुटबल टुर्नामेन्टमा नेपाली टिम पनि सहभागी हुँदै
286.   काठमाडौमा क्यानेडियन भिषा अफिस खोल्न पहल
287.   जनप्रगतिशील मञ्च ओमानको बार्षिक भेला सम्पन्न
288.   नेपाली फुटबल टिमलाई अल अहली क्लवले दियो डेड दर्जन फुटबल
289.   मलेसियामा राहदानी नविकरणबारे एसएमएसबाटै थाहा पाइने
290.   अमेरिकामा नेपालीलाई १० करोडको चिठ्ठा
291.   बेलायतमा नेपालीले किने नर्सिङ् होम
292.   मलेसियाका मेनपावर व्यवसायीहरुको छुट्टै संघ गठन
293.   समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने
294.   स्याङजा सहयोग समाज क्याक्मी ईकाईमा राना
295.   भोजपुर समाज कतारद्धारा विभिन्न संस्था तथा व्यक्तित्व सम्मानित
296.   हङकङ निवासी राईले दिए कलेजलाई ३ सय थान पुस्तक
297.   कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड
298.   कतारमा अलि मिया पुनः सम्मानित
299.   यूएईमा एनआरएनको नयाँ बर्षको कार्यक्रम सम्पन्न
300.   द नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानाडामा नयाँ कार्यसमिति
Results 387: You are at page 12 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media