शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ पुस ०७ गते २२:२९

साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । 
 
विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ । 
 
सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ । साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् । 
 
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो । 
 
साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ । 
 
साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । 
 
अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
226.   जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा अर्याल
227.   हङकङमा श्रेष्ठलाई स्वागत
228.   जापानका रामकृष्णको भूकम्पपीडितलाई १० लाखको सहयोग
229.   रोकिएन श्रेष्ठको सामाजिक अभियान
230.   भूकम्प पीडितलाई बुद्धभिजन ओमानको सहयोग
231.   प्रवासी झापाली मञ्चद्धारा १ करोड बराबरको राहतसामाग्री वितरण
232.   तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत
233.   ओमानमा अबैधानिक रुपमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्तिको मौका
234.   युवा समूहद्धारा निःशुल्क औषधी वितरण
235.   कतारमा गोरखालीको शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम
236.   जनसम्पर्क समिति मलेसियाले दूतावासलाई ज्ञापनपत्र बुझायो
237.   व्यवसायी बाटाजुको निधनप्रति नेपाल मलेसिया वैरो समन्वय संघद्धारा शोक ब्यक्त
238.   कतारमा शोया दाहालको शोकसभा
239.   टोरोन्टोमा नया वर्ष २०७२ को भव्य स्वागत
240.   सामाजिक सेवा सँगै व्यबसायको सुरुवात
241.   नेपालको सिको गर्दै मलेसियामा हड्तालमा उत्रिएका नेपाली काममा फर्किए
242.   ओमानमा अवैधानिक आप्रवासी कामदारलाई घरफिर्तीको अवसर
243.   कतारमा रक्तदान गर्न एनआरएनको साथमा अन्य संघसंस्था
244.   ‘नेपाल टिभी क्यानाडा’ शनिवारदेखि प्रशारण आरम्भ
245.   मृगौला पिडित परियारलाई कतारबाट ४ लाख सहयोग
246.   नेपालीको दक्षता अनुसार रोजगारी दिइने – ओन्टारियो प्रिमियर
247.   स्याङजा सहयोग समाज कतारको साधारणसभा सम्पन्न
248.   नेपालि व्यवसायीद्वारा कतारमा सुपर मार्केट संचालन
249.   ओमानमा एनआरएनको महिला दिवश कार्यक्रम सम्पन्न
250.   क्यानाडामा शेर्पा लोसार पर्व सम्पन्न
Results 354: You are at page 10 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media