विहिवार, असार ०७ गते, २०७५
शुक्रवार, २०७४ पुस ०७ गते २२:२३

नगेन्द्र सापकोटा/ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको करिब आठ महिना बितिसक्दासमेत स्थानीय तहमा पर्याप्त कर्मचारीहरू पुगेका छैनन् । यसले स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । 
 
जिल्लास्थित विषयगत कार्यालय (कृषि, पशुु, वन, शिक्षा, स्वास्थ्य) लगायत कार्यालयका करिब ५० प्रतिशत कार्यक्रम र बजेट स्थानीय तहमा गएकाले त्यही अनुसारको पर्याप्त जनशक्ति नहुँदा स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको हो । 
 
यसअघि स्थानीय तह आफैँले आवश्यक कर्मचारी करार सेवामा राख्न पाउने भए पनि स्थानीय सरकार सञ्चालन ऐनले प्राविधिक कर्मचारीबाहेक अन्य कर्मचारी करार सेवामा भर्ना गर्न नपाउने व्यवस्था गरेको छ । यसले तत्काल स्थानीय तहमा कर्मचारी पूर्ति झनै पेचिलो बन्दै गएको छ । 
 
ऐनमा प्रदेश लोकसेवाले स्थानीय तहमा आवश्यक कर्मचारी पूर्ति गर्ने उल्लेख गरिएको छ । भर्खरै मात्र प्रदेशसभाकोे निर्वाचन सम्पन्न भएकाले यसका सबै संरचना निर्माण भई काम सुरु हुन अझै करिब तीन महिना लाग्नसक्ने अनुमान स्थानीय शासन विज्ञको छ । 
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार एउटा गाउँपालिकामा कम्तीमा पनि ५५ देखि ६० जना कर्मचारी आवश्यक पर्छ, महानगर र ठूला नगरपालिकामा भने करिब चार सय कर्मचारी आवश्यक पर्छ । जिल्ला समन्वय समितमा करिब २० जना कर्मचारी भए पुग्छ । 
 
अहिले स्थानीय तहमा भएको कामका आधारमा देशभर करिब ४१ हजार कर्मचारी आवश्यक पर्ने मन्त्रालयले जानकारी दिएको छ । जिल्लाको विषयगत कार्यालयका काम क्रमिक रूपमा स्थानीय तहमा पदस्थापन हँुदै जाँदा भने यो सङ्ख्या बढ्दै जाने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो । 
 
अहिले छ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ७७ जिल्ला समन्वय समिति छन् । 
देशभर अहिले निजामती सेवामा ८१ हजार र स्थानीय तहमा २२ हजार गरी एक लाख दुई हजार कर्मचारी छन् । तामाङका अनुसार सबै स्थानीय तहमा ४० हजार कर्मचारी आवश्यक पर्ने भए पनि १३ हजार कर्मचारीले मात्र सेवा दिइरहेका छन् । उहाँले भन्नुभयो, “स्थानीय तहको आवश्यकताअनुसार करिब एक तिहाइ कर्माचारी मात्र स्थानीय तहमा छन् । बाँकी कर्मचारी लोकसेवासँग माग गरिएको छ, स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोकसेवा निर्माण भएपछि पूर्ति हुनेछन् । ” 
 
ललितपुरस्थित बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले स्थानीय तहमा कामका आधारमा अहिले पनि कर्मचारी पर्याप्त नभएको बताउनुभयो । प्राविधिक कर्मचारीहरू अपुग भएकाले सरकारलाई पर्याप्त कर्माचारी पूर्ति गर्न उहाँले सुझाव दिनुभयो । 
 
सरकारले गत असोजमा कर्मचारी समायोजन ऐन जारी गरे पनि उक्त ऐनअनुसार नियमावली निर्माण नहुँदा स्थानीय तहमा कर्मचारी खटाउन सकिएको छैन । 
 
नियमावलीले स्थानीय तहमा रहने कार्यालयको सङ्ख्या, शाखा, महाशाखा र उक्त शाखामा हुने काम र आवश्यक जनशक्ति निर्धारण गर्छ तर अहिले नियमावली नबन्दा कर्मचारी समायोजन प्रक्रिया ओझेलमा परेको छ ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
2.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
3.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
4.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
5.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
6.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
7.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
8.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
9.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
10.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
11.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
12.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
13.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
14.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
15.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
16.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
17.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
18.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
19.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
20.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
21.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
22.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
23.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
24.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
25.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
Results 724: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media