बुधवार, माघ ०३ गते, २०७४
वैदेशिक रोजगारलाई ठगी खाने भाँडो नबनाऔं–मन्त्री मन्सुर
मंगलवार, २०७४ पुस ०३ गते ०५:३८

 
 
हरेक वर्ष विश्वभर १८ डिसेम्बरमा मनाइदै आएको अन्तर्राष्ट्रिय आप्रवाशन दिवस यस वर्ष विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’ भन्ने राष्ट्रिय नारासहित देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । 
 
सरकारी तथा विभिन्न गैरसरकारी निकायले  विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाएता पनि सच्चा आप्रवासी कामदारलाई यो दिवसले छुन समेत सकेन । यो दिवसकै दिन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयौ नेपालीहरु असुरक्षित रोजगारका लागि उडिरहेका छन् । उनीहरुले आफ्ना लागि मनाइरहेको दिवसका बारेमा केही पनि थाहा पाउन सकेनन् । 
 
यद्यपी सरकारी तथा गैरसरकारी निकायले  १८ डिसेम्बर अर्थात सोमबार विहानै भृकुटीमण्डपमा प्रभातभेरी ग¥यो । बेण्ड बाजासहित निकालिएको ¥यालीमा श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुर, राज्यमन्त्री डिल्ली चौधरी, सचिव लक्ष्मणप्रसाद मैनाली, सहसचिवहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको न्यून उपस्थिति रहेको थियो । भृकुटीमण्डपबाट शुरु भएको ¥याली पुतलीसडक हुँदै बागबजारबाट भृकुटीमण्डपमा नै आएर सभामा परिणत भएको थियो । 
 
कोणसभालाई संवोधन गर्दै मन्त्री मंसुरले वैदेशिक रोजगारलाई ठगी खाने भाँडो नबनाउन आग्रह गर्दै सवै सरोकारवाला निकायले सहकार्य गरेर मात्र सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बन्ने बताए । 

सोमबार नै नेपाल स्वास्थ्य व्यवसायी महासंघले श्रमग्राम ताहचलमा रक्तदान कार्यक्रम, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तक्रिया कार्यक्रम, त्रिभुवन विमानस्थलमा कामदारको स्वागत तथा विधाई लगायत देशभरी विभिन्न कार्यक्रम गरेर मनाइएको छ । 
 
श्रम सचिव मैनाली र वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले श्रमग्राम ताहचलको निरीक्षण गरी आवश्यक सुधारका लागि पहल गर्ने बताए । 
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्रा्ष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्रा्िष्ट्रय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । 
 
 हामीले अन्तर्राट्रिय आप्रवाशन दिवसका अवसरमा भएका केही कार्यक्रमको झलक यहाँ प्रस्तुत गरेका छौ । 


 

 








 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
2.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
3.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
4.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
5.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
6.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
7.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
8.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
9.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
10.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
11.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
12.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
13.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
14.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
15.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
16.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
17.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
18.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
19.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
20.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
21.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
22.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
23.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
24.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
25.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
Results 506: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media