विहिवार, असार ०७ गते, २०७५
सोमवार, २०७४ पुस ०२ गते ०१:०१

 
 
हरेक वर्ष विश्वभर १८ डिसेम्बरमा मनाइदै आएको अन्तर्राष्ट्रिय आप्रवाशन दिवस यस वर्ष पनि भव्यताका साथ मनाउन राष्ट्रिय नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार ः हाम्रो सरोकार’ तय भएको छ । 
 
सरकारी तथा गैरसरकारी निकायले  विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइरहँदा १८ डिसेम्बर अर्थात सोमबार मूख्य दिनका रुपमा मनाइदैछ । श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णयबाट यस वर्षको राष्ट्रिय नारा तय भएको हो । यता वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समितिले विभिन्न कार्यक्रम गर्दै छन् ।
 
सोमबार विहान ८ बजे भृकुटीमण्डपमा प्रभातभेरी आयोजना गरि ¥याली निकाल्ने कार्यक्रम रहेको जानकारी आयोजक समितिका सदस्य तथा वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवालीले जानकारी दिए ।  
 
 सोमबार नै नेपाल स्वास्थ्य व्यवसायी महासंघले श्रमग्राम ताहचलमा रक्तदान कार्यक्रम, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्र्तक्रिया कार्यक्रम, त्रिभुवन विमानस्थलमा कामदारको स्वागत तथा विधाई लगायत देशभरी विभिन्न कार्यक्रम गरेर मनाइदै छ । 
 
गत मंगलबार श्रम तथा रोजगार सचिव लक्ष्मणप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न बैठकले यो वर्ष अन्तर्राष्ट्रिय आप्रवाशन दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो । 
 
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्रा्ष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । 
 
 
 रोजगारीका लागि विदेशिने कामदारका हकअधिकार र संरक्षणको आवाज उठाउदै यो दिवस मनाउने गरिए पनि आप्रवासी कामदारका हकहितका लागि अहिलेसम्म उल्लेख्य प्रगति केहि हुन सकेको छैन । कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएका छन् ।
 
 अहिले रोजगारीका लागि दैनिक १५ सयभन्दा बढी नेपाली विदेश गैरहेका छन भने ४० लाखका संख्यामा नेपालीहरु आप्रवासी कामदारका रुपमा विश्वका विभिन्न मुलुकमा कार्यरत रहेका छन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media