विहिवार, असार ०७ गते, २०७५
सरकारी नीतिले व्यवसायीलाई हतोत्साहित बनायो : गुरुङ
शनिवार, २०७४ मंसिर २९ गते ०८:०९

रोजगार मञ्च /
खाडी तथा मलेसिया जाने कामदार सँग वैदेशिक रोजगार व्यवसायीले लिंदै आएको सेवा शुल्क र युरोपियन मुलुकमा कामदार पठाए वापत लिन पाउने सेवा शुल्क सम्बन्धि सरकारी नीतिमा तत्काल परिमार्जन नगरिए नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कडा कदम चाल्ने चेतवानी दिएको छ ।

नेपालीलाई राम्रा गन्तव्यमा पठाउन व्यवसायीले आकर्षक मुलुक बाट राम्रा माग ल्याएपनि सरकारी नीतिका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै तत्काल नीतिगत सुधार र परिमार्जन नगरिए संघ कडा कदम चाल्न बाध्यहुने संघले जनाएको छ ।

संघका अध्यक्ष रोहन गुरुङले एक विज्ञप्ति जारीगर्दै थोरै पारिश्रमिक पाउने खाडी मुलुकजाने कामदार सँग व्यवसायीले लिने सेवाशुल्क र युरोप लगायतका आकर्षक गन्तव्यमा राम्रो पारिश्रमिकमा जाने कामदार सँग लिने सेवाशुल्क समान भएको भन्दै तत्काल सेवाशुल्क परिमार्जन गर्न माग गरेका छन् ।



‘मासिक करिव २ लाख १५ हजार पारिश्रमिक पाइने स्वीडेनमा कामदार पठाए वापत व्यवसायीले जम्मा १० हजार मात्र लिन पाइने सरकारी नीतिले व्यवसायीलाई कामगर्न हतोत्साहित बनाएको छ’ अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आकर्षक गन्तव्यमा कामदार पठाउन सरकारले निर्धारण गरेको सेवा शुल्कले व्यवसायीको खर्च समेत नधान्ने ठहर गर्दै संघले सरकारी नीतिप्रति खेद प्रकट गरेको छ ।
 
 ‘युरोपियन मुलुकहरुमा कामदार पठाउदा लाग्ने बजार प्रवर्द्दन खर्च, कार्यालय व्यवस्थापन  खर्च, कर्मचारी तलब भत्ता र सेवा शुल्क वापत १ महिना बराबरको तलब ब्यावसायिहरुले लिनमिल्ने व्यवस्था गरी वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन श्रम तथा रोजगार मन्त्रालयलाई अनुरोध गरिन्छ’ अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media