बुधवार, माघ ०३ गते, २०७४
शुक्रवार, २०७४ मंसिर २९ गते २२:४४

यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का-पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् ।
 
मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वानीजले सिफारिस गरेका व्यक्तिले नगद १० लाख प्राप्त गरेका छन् ।
 
त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवनबीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका थिए । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउनु हुने थापा भाग्यशाली विजेता छनोट भएका हुन् ।
 
थापा वानीजले सिफारिस गरेको व्यक्तिले ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।
 
गतहप्ता पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममाअ ाइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
 
नतिजा सार्वजनिक कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै निर्देशक ढकालले आइएमईले स्थापनादेखि नै आफ्नो सेवालाई कसरी छिटो-छरितो ढंगले प्रवाह गर्न सकिन्छ भन्नेमा दत्तचित्त भएर लागेको जनाउँदै पर्व लक्षित यस्ता अफरहरुले हाम्रो सेवा र हाम्राआम सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको बताए ।
 
प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले छक्का-पञ्जा अफरको विषयमा प्रकास पार्दै यस्ता अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताए ।
 
गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवर्द्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा पाँच हजार चालिस, पाक्षिक ‘लक्की ड्र’ मा ६ र बम्पर ‘लक्कीड्र’ २ जना पुरस्कृत भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media