विहिवार, असार ०७ गते, २०७५
मंगलवार, २०७४ मंसिर २६ गते २३:५८

वैदेशिक रोजगार विभागले नयाँ महानिर्देशकमा राजकुमार श्रेष्ठलाई पाएको छ । तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेपछि विभागमा महानिर्देशक पद खाली रहेको थियो । 
 
श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् । विभागमा नयाँ महानिर्देशक आएसँगै करिब एक महिनादेखि प्रशासनिक नेतृत्वविहीन बनेको विभाग सहजरुपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ । 
 
गत कात्तिक २९ गते तत्कालीन महानिर्देशक पाण्डे भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेपछि विभाग प्रशासनिक नेतृत्व विहिन थियो । 
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित हुने विभागमा नयाँ महानिर्देशकको कार्य कुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजिकबाट नियाल्ने अवस्था रहेको छ । विगतमा विभाग मातहतका कर्मचारी अख्तियारद्वारा पक्राउ पर्नु र पछिल्ला दिनमा महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा  धेरैको चासो देखिएको छ ।
 
नवनियुक्त श्रेष्ठले गृहमन्त्रालय प्रमुख जिल्ला अधिकारी समेत भएर काम गरिसकेका छन् । मन्त्रालय स्रोतका अनुसार नयाँ महानिर्देशक श्रेष्ठले सम्भवतः बुधबार पदबहाली गर्नेछन् ।
 
उता गत कात्तिक २९ गते पक्राउ परेका तत्कालीन महानिर्देशक पाण्डे र कर्मचारी विरुद्ध अख्तियारले मंगलबारसम्म बिशेष अदालतमा भ्रटाचारको अभियोगपत्र दायर गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media