विहिवार, असार ०७ गते, २०७५
मंगलवार, २०७४ मंसिर २५ गते ००:१६

वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् । निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो ।
 
हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेसँगै इन्धन सहचार्ज बढाएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् ।

निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेसँगै इन्धन सहचार्ज बढाएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । काठमाडौंदेखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ बढेको संघले जनाएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको भाडा १२ हजार १ सय रुपैयाँ थियो । तर, अब नयाँ भाडादरअनुसार काठमाडौंदेखि धनगढीसम्म जानका लागि १२ हजार ३ सय २० रुपैयाँ पर्नेछ ।

नयाँ भाडादर मंसिर २६ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको संघका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जानकारी दिएका छन् ।  वृद्धि भएको भाडादर हेर्दा धनगढी जानेले सबैभन्दा धेरै तिर्नुपर्ने भएको छ ।

आयल निगमले गत शुक्रबार हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँबाट बढाएर ८७ कायम गरेको थियो ।  काठमाडौंदेखि सिमरासम्मको हवाई भाडामा ४५ रुपैयाँ बढेको छ । यसअघि ३ हजार ५ रुपैयाँ रहेको सिमरासम्मको भाडा बढेर ३ हजार ५० कायम भएको छ ।संघका अनुसार काठमाडौं–पोखराको भाडा ४ हजार ७ सय ३० कायम भएको छ । त्यस्तै भैरहवासम्मको ६ हजार ५५, भरतपुरसम्म ३ हजार ५ सय ५, विराटनगरसम्मको ७ हजार २ सय २० र नेपालगन्जसम्मको ९ हजार ५ सय ६५ कायम भएको छ । 
 
साथै काठमाडौंदेखि भद्रपुरसम्मको ८ हजार ७ सय ५०, जनकपुरसम्मको ४ हजार १०, तुम्लिङटार ५ हजार ७ सय २० र माउन्टेन फ्लाइटको ११ हजार २० कायम भएको छ ।

कहाँको भाडा कति ?
गन्तव्य(बढेको भाडा (रुपैयाँ) जम्मा भाडा
माउन्टेन फ्लाइट, १७०- ११,०२०
पोखरा, ८०-४,७३०
भैरहवा, १०५-६,०५५
भरतपुर, ५५- ३,५०५
विराटनगर, १२०-७,२२०
नेपालगन्ज १६५- ९,५६५
भद्रपुर १५०- ८,७५०
धनगढी २२०-१२,३२०
जनकपुर ६०-४०१०
सिमरा ४५-३,०५०
तुम्लिङटार ९५-५,७२०
 
स्रोत :वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
2.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
3.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
4.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
5.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
6.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
7.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
8.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
9.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
10.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
11.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
12.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
13.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
14.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
15.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
16.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
17.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
18.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
19.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
20.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
21.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
22.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
23.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
24.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
25.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
Results 724: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media