सोमवार, असार ११ गते, २०७५
प्रमुख संरक्षकका डा. महतो
सोमवार, २०७४ मंसिर २४ गते ००:३२

 
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को नवनिर्वाचित नेतृत्वले संघको संरक्षक, सल्लाहकार, मानार्थ परिषद् र आइसीसी सदस्य मनोनित गरेको छ । 
 
एनआरएनए आइसीसीको ६० औं बैठकबाट भवन भट्ट नेतृत्वले सर्वसम्मत मनोनित गरेको हो । अनलाइनमा भएको संघको वैठकले यस पटकदेखि  ५१ सदस्यीय मानार्थ (अनररी) परिषद समिति गठन गर्ने नयाँ निर्णय गरेको छ । एनआरएनए अभियानमा धेरैलाई समेट्नका लागि मानार्थ परिषद गठन गरिएको कार्यसमितिको भनाई छ । 
 
एनआरएनएको बैठकले संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोलाई प्रमुख संरक्षकमा मनोनित गरेको छ । संघको संरक्षकहरुमा निवर्तमान अध्यक्ष डा.शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष देवमान हिराचन र पूर्व उपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको संघद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । 


 
घलेको कार्यकालमा केही निष्क्रिय देखिएका महतो नयाँ कार्यसमितिमा भट्ट आएसँगै सक्रिय हुन थालेका छन् । एनआरएन अभियानलाई जन्माएका महतो एनआरएनका हरेक गतिविधिमा उत्तिकै पकड राख्न चाहन्छन् । 
 
एनआरएनको बैठकले सल्लाहकार समितिमा डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य,शेरबहादुर केसी, दिपकराज जोशी र डा.महाविर पुनलाई चयन गरेको छ । 
 
यसैगरी मानार्थ (अनररी) परिषद समितिमा जमुना गुरुङ, इन्द्रा वन, दीपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा.कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ओसिनियाबाट छानिएका छन् भने मध्यपूर्वबाट डा.देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सैयद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिएका छन ।
 
यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, ऋषि  ढकाल र डा. विष्णुमाया परियार छानिएका छन् भने युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल,गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी छानिएका छन् ।
 
यसैगरि एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारती लिम्बुनी, शंकर पौडेल, डा.कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।
 
संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई मनोनित गरिएको छ । त्यसैगरी मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई मनोनित गरिएको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।
 
बैठकले विशेष प्रस्ताव पारित गर्दै नेपालमा संविधानको कार्यान्वयनका लागि महत्वपूर्ण अंग रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै देश अव सम्बृद्धिको बाटोमा जाने अपेक्षासमेत गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media