बुधवार, माघ ०३ गते, २०७४
शुक्रवार, २०७४ मंसिर २२ गते २२:१८

प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत बिहीबार भएको निर्वाचनमा अधिकांश उद्योगी व्यवसायीहरूले देशका विभिन्न क्षेत्रबाट मतदान गरेका छन् ।
 
पहिलो  पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदानसँगै व्यवसायीहरूले अव देशमा स्थायी सरकार र आर्थिक समृद्धि प्राप्त हुने अपेक्षा गरेका छन् । विकास र समृद्धिको विकल्प नभएको भन्दै अधिकांश व्यवसायीहरूले जुनसुकै दलको सरकार भएपनि स्थायी हुनुपर्नेमा जोड दिएका छन् । 
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित वन विभाग केन्द्रबाट मतदान गरेकी छन् । यो निर्वाचन इतिहासकै सवैभन्दा महत्वपूर्ण भएको भन्दै उनले अब स्थायी सरकार आउने र देशमा आर्थिक समृद्धिका पक्षमा कामहरू हुने धारणा राखिन् । “निजी क्षेत्र सधैं स्थायी सरकार चाहन्छ, यो चुनावपछि स्थायी सरकार आउँछ र विकासले गति लिन्छ भन्ने हाम्रो बुझाइ छ,” अध्यक्ष राणा भन्छिन्, “संविधान जारी भएको छ, अब अरु आर्थिक विकासको विकल्प नै छैन ।” राजनीतिक दलहरूले पनि आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेका छन् । अब राजनीतिक एजेन्डा होइन आर्थिक एजेन्डालाई अगाडि सार्ने समय भएको उनको भनाइ छ ।
 
नेपाली कांग्रेसको चुनावी अभियानमा सक्रिया रहेका अर्बपति उद्योगी विनोदकुमार चौधारीले नवलपुरको देवचुली नगरपालिका–२ मा रहेको दिव्य युवा क्लब केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधिसभा तर्फका समानुपातिक सदस्यका उम्मेदवार समेत रहेका चौधरीले आर्थिक समृद्धि र विकासको पथमा लम्किनु अहिलेको आवश्यकता भएको बताएका छन् । आफू निर्वाचन प्रचारका क्रममा देशका ४१ भन्दा बढी स्थानमा पुग्दा मतदाताले विकास र आर्थिक समृद्धिको चाहना रहेको पाएको भन्दै उनले मतदाताको चाहना पूरा गर्ने दिशामा आफू र आफ्नो पार्टी लागिपर्ने बताए । आर्थिक समृद्धि र विकासका लागि नेपाली कांग्रेसले तयार पारेको मार्गचित्रअनुसार अगाडि बढ्ने बताउँदै आगामी पाँच वर्षपछि नेपाल स्वर्ण युगमा प्रवेश गर्ने दावी गरे । 
 
महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले काठमाडौं–१ को थापाथलीस्थित गुहेश्वरी माविबाट मतदान गरे । विगतमा छिटोछिटो फेरिने सरकार र नीतिगत अस्पष्टताले गर्दा अपेक्षाकृत लगानी आउन नसकेको भन्दै अब स्वदेशी उद्योगी व्यवसायीहरूको सहित प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० आउनेमा मुरारका आशाबादी छन् । “ हामीलाई कसको सरकार आउँछ भन्नेसँग कुनै मतलब छैन, जसको सरकार आएपनि स्थायी हुनुपर्छ,” मुरारका भन्छन् “जसरी विगतमा ९ महिने सरकार आए, यसले गर्दा उद्यमी व्यवसायीहरू लगानी गर्न आत्तिएको अवस्था थियो अब भने त्यसो हुँदैन भन्ने विश्वास छ ।” पहिला जसरी संविधान बनाउने, यो गर्ने त्यो गर्ने भन्ने बहाना अबको सरकारले गर्न नपाउने उनको धारणा छ । आर्थिक विकासका मुद्दामा अबको सरकार केन्द्रित हुनुपर्ने उनी बताउँछन् ।
 
महासंघका वरिष्ठ उपाध्य शेखर गोल्छा पनि निर्वाचनपछि बन्ने स्थिर सरकारले लगानीमैत्री वातारण बन्ने भन्दै अव देशले मुहार फेर्ने बताउँछन् । उपाध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको क्षेत्र नम्बर ५ विशालनगर केन्द्र निर्वाचन केन्द्रबाट मतदान गरेका छन् ।

व्यवसायीहरू सौरभ ज्योती, राजेन्द्र खेतान, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह लगायतले पनि मतदान गरेका छन् । सवै व्यवसायीहरू निर्वाचनपछि स्थायी सरकार आउने र देशमा लगानीको बातावरण बन्नेमा आशावादी छन् ।
                                                                                                                                                                   कारोवार दैनिकबाट
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media