विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
201.   प्रधानमन्त्री प्रचण्डलाई हंशराजको हुँङ्कार (हेर्नुस भिडियो)
202.   आज श्रीपञ्चमी, शुभ कामका लागि हेर्नुपर्दैन साइत
203.   चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन
204.   युवालाई करियर काउन्सिलिङ्ग
205.   मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको 'साहसी वर्ष व्यक्ति'
206.   ताप्लेजुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता
207.   अब नेपाली आकाश सुरक्षित
208.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
209.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
210.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
211.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
212.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
213.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
214.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
215.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
216.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
217.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
218.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
219.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
220.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
221.   कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो
222.   सबैले गर्ने मलाई थाहा छ, आँफूले के गर्ने मलाई थाहा छैन - कर्ण शाक्य
223.   अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने
224.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
225.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
Results 631: You are at page 9 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media