आइतवार, फाल्गुन ०६ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   राहदानीको फारम अब अनलाइनमा
602.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
603.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
604.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
605.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
606.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
607.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
608.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
609.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
610.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
611.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
612.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
613.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
614.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
615.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
616.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
617.   निवार्चनका कारण विदेश जाने घटे
618.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
619.   भारतको कार्यवाहक राजदुतमा ढकाल
620.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
621.   चितवन युवा समूहको साधारणसभा
622.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
623.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
624.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
625.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
Results 651: You are at page 25 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media