विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनको तयारी
327.   खाडीका अस्पतालमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको निर्देशन
328.   अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्दै
329.   ग्रिनसिटी अस्पतालले एनआरएनको लगानी ल्यायो
330.   नेपालमा प्रत्येक वर्ष धूम्रपानका कारण पन्ध्र हजारको मृत्यु
331.   वैदेशिक रोजगार विभागको महानिर्देशकबाट बोगटीलाई हटाइयो
332.   कुलेश्वर पोलिक्लिनिकद्वारा निःशुल्क थाइराइड परीक्षण
333.   राहदानी अब एक दिनमै बन्ने
334.   विदेशी नागरिक आन्दोलनमा सरिक भए कारवाही
335.   अमेरिका भिषाका लागि बैंक स्टेटमेण्ट र लालपूर्जा नचाहिने
336.   संखुवासभाली सांसद खड्काले एनसेलको सिम नचलाउने
337.   काठमाडौंमा युएईले संचालनमा ल्यायो दूतावास
338.   नक्क्ली कागजातमा महिला कामदार उडाउँदै विभागका कर्मचारी
339.   रोटरी क्लव अफ राजधानीद्धारा कमला – कृष्ण छात्रवृत्ति प्रदान ।
340.   २०७३/७४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
341.   पत्रकारको न्यूनतम तलब अब १९ हजार पाँच सय
342.   दजाकोट अग्नि पिडितलाई लग्जम्बर्गमा सहयोग संकलन
343.   अमेरिकी डिभीको नतिजा आज
344.   ‘दुरगामी असर गर्छ भने फ्री भिसा फ्री टिकट पुनर्विचार गर’
345.   नेपाली कामदारको उद्धारका लागि आपतकालीन राहत कोषको व्यवस्था गर्न सरकारलाई निर्देशन
346.   ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान
347.   २१ मुलुकका लागि राजदूत शिफारिस (सूचिसहित)
348.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
349.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
350.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
Results 631: You are at page 14 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media