विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
251.   सांसदको मासिक तलब बढ्यो, जनता गरिबीको मारमा नै
252.   साझाका बस ‘अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म’
253.   फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने
254.   अमेरिकामा बस्ने नेपालीद्धारा बिद्यालय निमार्ण गरी हस्तान्तरण
255.   सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
256.   औंठाछापबाटै बालमनोविज्ञान पहिचान
257.   त्रिभुवन विमानस्थल संसारकै १० औ खराब, सिंगापुर विमानस्थल सबैभन्दा उत्कृष्ट
258.   अमेरिका पठाउने दालाल प्रहरीको फन्दामा
259.   अमेरिकाको ४५ औ राष्ट्रपतीमा ट्रम्प, नेपालीलाई के फरक पर्ला ?
260.   राष्ट्रपतीय निर्वाचनबारे के भन्छन् अमेरिकाका नेपाली?
261.   नेपाल लाईब्रेरी फाउण्डेशनको अध्यक्षमा कपिलदेव थापा
262.   उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी
263.   नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल
264.   भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा
265.   राष्ट्रपतिद्धारा गिरानचौर नमुना बस्ती हस्तान्तरण
266.   नेपालीलाई मृत्युदण्ड नदिन प्रधानमन्त्री दाहालको आग्रह
267.   अमेरिकाले नेपालीहरुका लागि टिपीएस सुबिधा बढायो
268.   घुम्नैपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल पाँचौं
269.   इजिप्टको राजदूतमा अर्याल नियुक्त
270.   त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा
271.   उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने
272.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
273.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
274.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
275.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
Results 631: You are at page 11 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media