विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ००:१०

 
अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सोमबार मध्यरातदेखि सुरु भएको छ । सोमबार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन् । सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे ।
 
आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन् । मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन् ।
 
मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। निर्वाचनको प्रचारप्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन ।
 
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
 
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ ।
 
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् ।
 
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।
 
उम्मेदवार तथा दलहरुले निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउँदैनन् । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
 
के हुन्छ कारबाही ?
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउन सक्नेछ। आयोगको सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
 
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
 
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
227.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
228.   धेरै देशमा नेपाली मोवाइल सीम
229.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
230.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
231.   आज क्रिसमस, विश्वभरका इसाई धर्मालम्वीले बिशेष उत्साहका साथ मनाउँदै
232.   भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकले दिए सामूहिक राजिनामा
233.   चन्द्रागिरी केबलकारले इच्छाशक्ति भए असम्भव छैन भन्ने पुष्टि गर्यो : प्रम प्रचण्ड
234.   व्यवसायी केसीले गरे जन्मभूमिमा स्टेचर र विद्यालय सामाग्री सहयोग
235.   राजदूत बन्न कम्तीमा स्नाकोत्तर
236.   पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’
237.   शिक्षक चौलागाईको ‘जीवनको अन्तरङ्ग’ सार्वजनिक
238.   नाट्टा नेतृत्वमा सिण्डीकेट प्रस्ताव, सदस्यहरुको चर्को आपत्ति
239.   रोटरी क्लब अफ राजधानीको स्वास्थ्य शिविर
240.   विदेश पठाइदिन्छु भनेर ३३ लाख ठगी गर्ने पक्राउ
241.   आइओएमका डिन सिहंले दिए राजीनामा, अझै तोडेनन केसीले अनसन
242.   स्थानिय आफै जुटे आधुनिक सभाभवन निर्माणमा, सहयोगको लागि सार्वजनिक अपील
243.   श्रम समितिकै सदस्यले भने–‘बायोमेट्रिक बैधानिक छ,बन्द गर भन्न सक्दैनौ ’
244.   साझा बसमा प्रधानमन्त्री प्रचण्डको सिंहदरबार यात्रा
245.   भारु साट्ने दलाल सक्रिय, श्रमिकहरु ठगिदै
246.   युएईमा १४ नेपाली अलपत्र, स्वदेश फर्काउन पहल भैरहेको दुतावासको भनाई
247.   अष्ट्रेलियाली समकक्षिसँगको भेटवार्तामा काठमाडौंबाटै भिसा सेवा उपलब्ध गराउन परराष्ट्रमन्त्री महतको आग्रह
248.   १० हजार नेपालीलाई पतंजलीले रोजगारी दिने
249.   काठमाडौंमा ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो, एउटै परिक्षाले तिनपटक ट्रायल दिन पाइने
250.   अमेरिका पुर्‍याउँने भन्दै ठग्दै
Results 631: You are at page 10 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media