आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:३३

वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो । 
 
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।



वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।










 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
52.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
53.   सुरक्षित घर अभियान सुरु
54.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
55.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
56.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
57.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
58.   चिसो अझै बढ्न सक्ने
59.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
60.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
61.   फेरि इन्धनको मूल्य बढ्यो
62.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
63.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
64.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
65.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
66.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
67.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
68.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
69.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
70.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
71.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
72.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
73.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
74.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
75.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
Results 682: You are at page 3 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media