आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:३३

वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो । 
 
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।



वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।










 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
626.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
627.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
628.   ३० लाख कामदारको गन्तव्य १२ देश
629.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
630.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
631.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
632.   राहदानीको फारम अब अनलाइनमा
633.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
634.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
635.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
636.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
637.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
638.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
639.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
640.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
641.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
642.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
643.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
644.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
645.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
646.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
647.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
648.   निवार्चनका कारण विदेश जाने घटे
649.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
650.   भारतको कार्यवाहक राजदुतमा ढकाल
Results 682: You are at page 26 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media