सोमवार, असार ३२ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
201.   कोरियामा कार्यरत २३ युवाले दिए जन्मभूमिलाई एम्वुलेन्स उपहार
202.   कतारमा सुगन्ध फैलाउँदै : पिर मोहम्मद
203.   प्रवासबाट पनि समाजसेवामा कमलाको सक्रियता
204.   चितवन सेवा समाज कुवेतमा नयाँ कार्यसमिति
205.   मलेसियाका विदेशीलाई नेपाली स्वादमा लोभ्याउँदै गुष्टा क्याफे
206.   युएईमा नेपालीको लगानी रहेको जिकेएस टायरको उद्घाटन
207.   राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त
208.   रुकुममा आमा बुवाको आँसुको धारा, कतारको अस्पतालमा मा छोरो ९ महिना देखि बेसहारा
209.   नेपाली कामदारको कानुनि अधिकार हनन हुन दिदैनौ : हुवैल
210.   मानवसेवा आश्रमलाई कतारका समाजसेवी गुरुङको सहयोग
211.   ओमान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
212.   राजा घले अमेरिकामा सम्मानित
213.   धुर्मुस–सुन्तली फाउण्डेशनलाई एभरेष्ट नेपालको १४ लाख, बाकि रकम छिट्टै हस्तान्तरण गरिने
214.   कतारमा ‘चितवन धमाका’ र ‘धुर्मुस सुन्तली साँझ’
215.   चितवन धमाकाका लागि कलाकार टोली कतार प्रस्थान
216.   एनआरएन जापानद्धारा लायन्स क्लबका प्रतिनिधिहरुलाई स्वागत
217.   अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ
218.   कतारमा आप्रवासी समुदाय र मानव अधिकार समितिबीच सहकार्य
219.   अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य
220.   धुर्मुस सुन्तली एकिकृत बस्ती निर्माणका लागि एभरेष्ट नेपाल युथ एसोसिएसनले सहयोग अभियान सुरु गर्ने
221.   संयुक्त बैचारिक सयंन्त्रद्धारा ओमानबाट पिडित महिलाको उद्धार
222.   कतारमा अलपत्र १८५ नेपालीलाई एभरेष्ट नेपाली युथ एसोसिएसन र बसन्त फिल्मसको खाद्यान्न सहयोग
223.   कृष्ण प्रणामी युवा परिषद युएईको तेस्रो अधिवेशन सम्पन्न
224.   नेपालीको लगानी रहेको ग्रिनल्याण्डले खोल्यो कतारमा ट्राभल
225.   गल्कोटको स्वास्थ्य शिविरमा ८ हजारभन्दा बढिले लिए स्वास्थ्य सेवा
Results 427: You are at page 9 of 18
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last

Powered By : Unitech Media