मंगलवार, माघ ०२ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
26.   साउदीमा गैरकानुनी कामदारलाई १३ लाखसम्म जरिवाना
27.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
28.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
29.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
30.   साउदीबाट अपांग बनेर फर्केका चन्द्रबहादुरलाई उपचारमा समस्या
31.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ (मतपरिणामसहित)
32.   साझा सुझाव ल्याउँनुहोस सहयोगका लागि तत्पर छु : प्रम देउवा
33.   ढकाल समूहलाई जिताउन काँग्रेस नेता थापा र पाण्डेको आग्रह
34.   नेतासँग भेट्दा र फोटो खिच्दैमा सिन्को भाँचिएन
35.   उजुरी शुन्य तथा संघलाई मजबुद बनाउँनेछु (भिडियो रिपोर्टसहित)
36.   संघको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेको छु
37.   मेनपावर व्यवसायलाई गर्विलो व्यबसाय बनाउनेछु
38.   ‘संघमा सचिव भएर काम गरेको अनुभव अव एक कार्यकाल प्रयोग गर्नेछु’ : केसी
39.   ‘विभागमा आफ्नो फाइल बढाउन मात्रै संघमा नजानोस्’ : सतार
40.   समस्याहरु पहिचान गरी दीर्घकालिन समाधानमा प्रतिवद्ध छु
41.   व्यवसायी र कामदारलाई जोड्ने भिजन लिएर आएको छु
42.   ललितपुर क्षेत्रका संघको उम्मेदवारलाई आज शुभकामना
43.   स्थानीय निर्वाचनले संघको चुनावी रौनकता सेलाउँदै
44.   साउदीमा राजदूत राजपुतको स्वागत
45.   संघ निर्वाचनमा ढकाल नेतृत्वको संयुक्त ब्यवसायी समूहद्धारा उम्मेदवारी घोषणा
46.   ‘बिहान ५ बजेदेखि राति १२ सम्म भोट माग्नेहरु अरु बेला पनि सक्रिय हुनुहोस्’ :बरिष्ठ व्यवसायी केसी
47.   ओमानबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
48.   क्यान्सर पीडित गौतमलाई कात्तिकेदेउराली समाज कोरियाको सहयोग
49.   राजदूत बस्न्यातद्धारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा
50.   साउदी अरेविया, बहराइन, युएई र इजिप्टद्वारा कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा
Results 353: You are at page 2 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media