शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
301.   जापान आउनुअघि गम्भीर सोच्नुस !
302.   अष्ट्रेलियामा नेपाली भिजन नाईट सम्पन्न
303.   बहराइनवासी नेपालीले भने –दूत विनाको दूतावासको के काम ?
304.   घरेलु कामदार रोकलाई खाडीमा कार्यरत महिलाको स्वागत
305.   राजदूतको नै फोन उठाउँदैनन् दूतावासका कर्मचारी
306.   कतारबाट साहाराको घरलाई आर्थिक सहयोग
307.   दूतावास खुल्यो अव सामाजिक क्लव खोल्दै ओमानवासी नेपाली
308.   दोहामा खेलकुद र सांगीतिक कार्यक्रम हुने
309.   स्याङजा सहयोग समाजको नवौं वार्षिकोत्सव सम्पन्न
310.   कतारमा शोक सभा गरियो
311.   वहराइनमा निःशुल्क स्वास्थ्य शिविर
312.   कतारमा रक्तदान र सचेतना कार्यक्रम
313.   एनआरएन ओमानले नारी दिवस मनायो
314.   एनआरएन ओमानद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
315.   मृत्युदण्ड सुनाइएका खालिङ्ग वचाउन ७५ लाख उठ्यो
316.   कतारमा प्रचण्डको सरकारी भेट
317.   वृद्धाश्रममा ढुंगानाको सहयोग
318.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
319.   स्वदेश फर्कन साउदीवाट श्यामवहादुरको हारगुहार
320.   नेपाल लोकतान्त्रिक मञ्च कतारको प्रथम राष्ट्रिय भेला सम्पन्न
321.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
322.   मलेसियाले विदेशी कामदारको माग घटाउने
323.   मलेसियामा अबैध कामदारमाथि भोलिवाट फेरी धरपकड
324.   स्याङ्गजा सहयोग समाज कतारमा बस्याल
325.   बहराइनले नेपाली कामदारलाई थप अवसर दिने
Results 354: You are at page 13 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media