शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
251.   यूएईमा ३३ औं मगर दिवस सम्पन्न
252.   तेश्रो एशियन कम्युनिटी फुटबल टुर्नामेन्टमा नेपाली टिम पनि सहभागी हुँदै
253.   काठमाडौमा क्यानेडियन भिषा अफिस खोल्न पहल
254.   जनप्रगतिशील मञ्च ओमानको बार्षिक भेला सम्पन्न
255.   नेपाली फुटबल टिमलाई अल अहली क्लवले दियो डेड दर्जन फुटबल
256.   मलेसियामा राहदानी नविकरणबारे एसएमएसबाटै थाहा पाइने
257.   अमेरिकामा नेपालीलाई १० करोडको चिठ्ठा
258.   बेलायतमा नेपालीले किने नर्सिङ् होम
259.   मलेसियाका मेनपावर व्यवसायीहरुको छुट्टै संघ गठन
260.   समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने
261.   स्याङजा सहयोग समाज क्याक्मी ईकाईमा राना
262.   भोजपुर समाज कतारद्धारा विभिन्न संस्था तथा व्यक्तित्व सम्मानित
263.   हङकङ निवासी राईले दिए कलेजलाई ३ सय थान पुस्तक
264.   कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड
265.   कतारमा अलि मिया पुनः सम्मानित
266.   यूएईमा एनआरएनको नयाँ बर्षको कार्यक्रम सम्पन्न
267.   द नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानाडामा नयाँ कार्यसमिति
268.   यूएईमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाइयो
269.   आश्रय स्थल राख्नका लागि नेपाली दूतावास ओमान समक्ष ज्ञापनपत्र
270.   दूतावास र एनआरएनको पहलमा नरबहादुर स्वदेश फर्कदै
271.   कतारका व्यवसायीहरु लगानी गर्न उत्साहित
272.   चितवन युवा समूह कतारले गर्यो आर्थिक सहयोग
273.   बाग्लुङ सेवा समाजको बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
274.   बरालको नेतृत्वमा मोसुको नयाँ कार्यसमिति
275.   समूहमा बचत गर्दै कतारबासी युवाहरु
Results 354: You are at page 11 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media