बुधवार, माघ ०३ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
226.   हङकङमा श्रेष्ठलाई स्वागत
227.   जापानका रामकृष्णको भूकम्पपीडितलाई १० लाखको सहयोग
228.   रोकिएन श्रेष्ठको सामाजिक अभियान
229.   भूकम्प पीडितलाई बुद्धभिजन ओमानको सहयोग
230.   प्रवासी झापाली मञ्चद्धारा १ करोड बराबरको राहतसामाग्री वितरण
231.   तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत
232.   ओमानमा अबैधानिक रुपमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्तिको मौका
233.   युवा समूहद्धारा निःशुल्क औषधी वितरण
234.   कतारमा गोरखालीको शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम
235.   जनसम्पर्क समिति मलेसियाले दूतावासलाई ज्ञापनपत्र बुझायो
236.   व्यवसायी बाटाजुको निधनप्रति नेपाल मलेसिया वैरो समन्वय संघद्धारा शोक ब्यक्त
237.   कतारमा शोया दाहालको शोकसभा
238.   टोरोन्टोमा नया वर्ष २०७२ को भव्य स्वागत
239.   सामाजिक सेवा सँगै व्यबसायको सुरुवात
240.   नेपालको सिको गर्दै मलेसियामा हड्तालमा उत्रिएका नेपाली काममा फर्किए
241.   ओमानमा अवैधानिक आप्रवासी कामदारलाई घरफिर्तीको अवसर
242.   कतारमा रक्तदान गर्न एनआरएनको साथमा अन्य संघसंस्था
243.   ‘नेपाल टिभी क्यानाडा’ शनिवारदेखि प्रशारण आरम्भ
244.   मृगौला पिडित परियारलाई कतारबाट ४ लाख सहयोग
245.   नेपालीको दक्षता अनुसार रोजगारी दिइने – ओन्टारियो प्रिमियर
246.   स्याङजा सहयोग समाज कतारको साधारणसभा सम्पन्न
247.   नेपालि व्यवसायीद्वारा कतारमा सुपर मार्केट संचालन
248.   ओमानमा एनआरएनको महिला दिवश कार्यक्रम सम्पन्न
249.   क्यानाडामा शेर्पा लोसार पर्व सम्पन्न
250.   यूएईमा ३३ औं मगर दिवस सम्पन्न
Results 353: You are at page 10 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media