शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०३:१७

प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।
 
लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 
 
‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’
 
उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  
 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 
 
‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
2.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
3.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
4.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
5.   साउदी सरकारको नियमको स्वागत
6.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
7.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
8.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
9.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
10.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
11.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
12.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
13.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
14.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
15.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
16.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
17.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
18.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
19.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
20.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
21.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
22.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
23.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
24.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
25.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
Results 354: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media