बुधवार, मंसिर २७ गते, २०७४
विहिवार, २०७४ मंसिर १३ गते ००:१९

निर्वाचन ताका अधिकांश उम्मेदवारहरुको एजेण्डा र भाषणमै सीमित बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै भवन निर्माण गर्ने चुनावी नाराले अब भने मूर्तरुप पाउने भएको छ । तीनकुनेमा रहेको साविकको वैदेशिक रोजगार विभाग नजिकै रहेको संघको ७ आना जग्गामा करिब ३ करोड लागतमा बन्ने ४ तल्ले भवनको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बुधबार विहान शिलान्यास गरेका हुन । 
 
भवन शिलान्यास पश्चात सचिव मैनालीले व्यवसायी संघसँगै सरकारले सहकार्य गर्ने भएकाले सरकारी पक्षबाट पनि संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै भवन निर्माण समितिका सहसंयोजक रघु पुरीले व्यवसायी एकता भए विना आर्थिक कठिनाई डेढ वर्षभित्र भवन बनाइसक्ने बताए । गत असारमा रोहन गुरुङको अध्यक्षतामा निर्वाचित संघको कार्यसमितिको पहिलो वैठकले नै भवन निर्माणका लागि हेमबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरी काम शुरु गरेको थियो ।



स्थापनाकालदेखि संघको कार्यालय विभिन्न स्थानमा भाडामा रहदै आएको थियो । तत्कालिन अध्यक्ष दान बहादुर तामाङको पालामा संघले भवन निर्माणका लागि तीनकुनेमा जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन । यस्तै बलबहादुर तामाङको पालामा संघको तीनकुनेस्थित जग्गा बिक्रि गरेर अन्यत्र भवन नै खरिद गर्ने अभियान चलाइएकोमा यसले पनि मूर्तरुप पाउन सकेको थिएन ।   
 
संघका अध्यक्ष गुरुङले संघको भवन शिलान्यास गर्ने विषयले सबै व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले विभिन्न संघ–संस्थाको सहयोगमा भवन निर्माण सम्पन्न गरी संघलाई सबैको साझा चौतारी बनाउने उद्देश्य लिएको बताए । भवन निर्माणका लागि संघले हरेक सदस्य संस्थाबाट ५१ हजार र पूर्वअध्यक्ष तथा सल्लाहकारहरुबाट १–१ लाख आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । 

 
शिलान्यास कार्यक्रममा सामी परियोजनाकी संयोजक सीता घिमिरे, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, सल्लाहकार पदमराज पौडेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष तथा संघका पूर्व द्धितिय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कानुनी सल्लाहकारद्धय देवराज कटुवाल र शम्भु निरौलालगायतका संघका अन्य सदस्य तथा व्यवसायीहरुको उपस्थित रहेको थियो ।

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
51.   मुलुकमा रोजगारी सिर्जना भए पनि वैदेशिक रोजगार रोकिदैन,तर यो क्षेत्रलाई व्यवस्थित गर्ने चुनौती सबै सामु छ : पूर्वप्रम प्रचण्ड (भिडियोसहित)
52.   इपीएस भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण
53.   सामाजिक सुरक्षा विधेयक पारित, बेरोजगार भत्ताको व्यवस्था हट्यो
54.   संघ कार्यसमिति सदस्यको कार्य बाडफाँड, बोर्ड सदस्यमा लिम्बुको नाम शिफारिस
55.   वैदेशिक रोजगारीका समस्या समाधान गर्न अन्तर मन्त्रालय समन्वयको माग
56.   मेनपावरको धरौटी बढाउन खोजेकै हौ, तर छलफल गरेर पुर्नबिचार गर्न सक्छौ : महानिर्देशक पाण्डे
57.   ‘गुरुङ प्यानललाई एमालेले जितायो, अब एमाले नै उनको कार्यकाल सफल बनाउन लाग्छ’ पूर्वप्रम ओली
58.   कर्मचारीको भ्रमणमा अर्बौ सक्ने सरकारको जवाफ : नेपालीको शव फर्काउन ३ लाख छैन
59.   एसओएसलाई पछार्दै द रिभर बन्यो उत्कृष्ट
60.   दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा बृद्धि हुदै
61.   संघ नेतृत्वका लागि आज चुनाव
62.   १२ मेनपावर छनोट भएको दुस्प्रचार गर्ने माथि एफडब्लुसीएमएसले कानुनी उपचार खोज्ने
63.   विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई अब बोर्डबाट ७ लाख क्षतिपूर्ति
64.   वर्तमान सरकारले नै फ्री भिसा फ्री टिकट परिमार्जन र सिन्डिकेट खारेज गर्ने कांग्रेसका प्रभावशाली नेताको प्रतिवद्दता
65.   वैदेशिक रोजगारीमा ठगिनु भएको छ,उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’
66.   दक्षिण कोरियामा दक्ष कामदार पनि लिन श्रम मन्त्री मन्सुरको आग्रह
67.   सरकारद्धारा विदेशमा काम गरी फर्किएका ८ जना उद्यमीलाई राष्ट्रिय सम्मान
68.   ढकाल प्यानललाई बिजयी गराउन आक्रामक रणनीतिका साथ घिमिरे चुनावी मैदानमा(हेर्नुस भिडियो)
69.   संघमा लेबी बुझाउने समय असार २३ सम्म
70.   बैद्यरुपमा बसेका आप्रवासीलाई नहटाउँने वेलायती प्रधानमन्त्रीको चाहना
71.   वैदेशिक रोजगारका समस्याप्रति प्रतिवद्ध छु : प्रधानमन्त्री देउवा
72.   रङ फेर्नेहरुलाइ लत्याइदिनुुहोस : कांग्रेस नेता पाण्डे
73.   घरेलु कामदार खुलाउन पहल गर्छु : मन्त्री मन्सुर
74.   अन्तत गेलालको पोल्टामा महासचिव, प्यानल नै जित्ने दावी
75.   रोजगारीकालागि कतार जाने कामदार घट्दै
Results 496: You are at page 3 of 20
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media