मंगलवार, फाल्गुन ०८ गते, २०७४
विहिवार, २०७४ मंसिर १३ गते ००:१९

निर्वाचन ताका अधिकांश उम्मेदवारहरुको एजेण्डा र भाषणमै सीमित बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै भवन निर्माण गर्ने चुनावी नाराले अब भने मूर्तरुप पाउने भएको छ । तीनकुनेमा रहेको साविकको वैदेशिक रोजगार विभाग नजिकै रहेको संघको ७ आना जग्गामा करिब ३ करोड लागतमा बन्ने ४ तल्ले भवनको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बुधबार विहान शिलान्यास गरेका हुन । 
 
भवन शिलान्यास पश्चात सचिव मैनालीले व्यवसायी संघसँगै सरकारले सहकार्य गर्ने भएकाले सरकारी पक्षबाट पनि संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै भवन निर्माण समितिका सहसंयोजक रघु पुरीले व्यवसायी एकता भए विना आर्थिक कठिनाई डेढ वर्षभित्र भवन बनाइसक्ने बताए । गत असारमा रोहन गुरुङको अध्यक्षतामा निर्वाचित संघको कार्यसमितिको पहिलो वैठकले नै भवन निर्माणका लागि हेमबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरी काम शुरु गरेको थियो ।



स्थापनाकालदेखि संघको कार्यालय विभिन्न स्थानमा भाडामा रहदै आएको थियो । तत्कालिन अध्यक्ष दान बहादुर तामाङको पालामा संघले भवन निर्माणका लागि तीनकुनेमा जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन । यस्तै बलबहादुर तामाङको पालामा संघको तीनकुनेस्थित जग्गा बिक्रि गरेर अन्यत्र भवन नै खरिद गर्ने अभियान चलाइएकोमा यसले पनि मूर्तरुप पाउन सकेको थिएन ।   
 
संघका अध्यक्ष गुरुङले संघको भवन शिलान्यास गर्ने विषयले सबै व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले विभिन्न संघ–संस्थाको सहयोगमा भवन निर्माण सम्पन्न गरी संघलाई सबैको साझा चौतारी बनाउने उद्देश्य लिएको बताए । भवन निर्माणका लागि संघले हरेक सदस्य संस्थाबाट ५१ हजार र पूर्वअध्यक्ष तथा सल्लाहकारहरुबाट १–१ लाख आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । 

 
शिलान्यास कार्यक्रममा सामी परियोजनाकी संयोजक सीता घिमिरे, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, सल्लाहकार पदमराज पौडेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष तथा संघका पूर्व द्धितिय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कानुनी सल्लाहकारद्धय देवराज कटुवाल र शम्भु निरौलालगायतका संघका अन्य सदस्य तथा व्यवसायीहरुको उपस्थित रहेको थियो ।

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
426.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
427.   इपीएसको आवेदन फारम खुल्यो
428.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
429.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
430.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
431.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
432.   मलेसियाबाट फर्कियो संसदिय समिति
433.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
434.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
435.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
436.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
437.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
438.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
439.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
440.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
441.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
442.   लोग्ने खोज्न मलेसिया
443.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
444.   पुसमा ४५ हजार नेपाली बिदेसिए
445.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
446.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
447.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
448.   विदेश जाँदा कति लाग्छ ?
449.   प्रगतिशिलद्धारा महिला भलिबल खेलाडीलाई सम्मान
450.   कोरियामा नेपाली कामदारको तलब बढ्दै
Results 516: You are at page 18 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media