बुधवार, मंसिर २७ गते, २०७४
विहिवार, २०७४ मंसिर १३ गते ००:१९

निर्वाचन ताका अधिकांश उम्मेदवारहरुको एजेण्डा र भाषणमै सीमित बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै भवन निर्माण गर्ने चुनावी नाराले अब भने मूर्तरुप पाउने भएको छ । तीनकुनेमा रहेको साविकको वैदेशिक रोजगार विभाग नजिकै रहेको संघको ७ आना जग्गामा करिब ३ करोड लागतमा बन्ने ४ तल्ले भवनको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बुधबार विहान शिलान्यास गरेका हुन । 
 
भवन शिलान्यास पश्चात सचिव मैनालीले व्यवसायी संघसँगै सरकारले सहकार्य गर्ने भएकाले सरकारी पक्षबाट पनि संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै भवन निर्माण समितिका सहसंयोजक रघु पुरीले व्यवसायी एकता भए विना आर्थिक कठिनाई डेढ वर्षभित्र भवन बनाइसक्ने बताए । गत असारमा रोहन गुरुङको अध्यक्षतामा निर्वाचित संघको कार्यसमितिको पहिलो वैठकले नै भवन निर्माणका लागि हेमबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरी काम शुरु गरेको थियो ।



स्थापनाकालदेखि संघको कार्यालय विभिन्न स्थानमा भाडामा रहदै आएको थियो । तत्कालिन अध्यक्ष दान बहादुर तामाङको पालामा संघले भवन निर्माणका लागि तीनकुनेमा जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन । यस्तै बलबहादुर तामाङको पालामा संघको तीनकुनेस्थित जग्गा बिक्रि गरेर अन्यत्र भवन नै खरिद गर्ने अभियान चलाइएकोमा यसले पनि मूर्तरुप पाउन सकेको थिएन ।   
 
संघका अध्यक्ष गुरुङले संघको भवन शिलान्यास गर्ने विषयले सबै व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले विभिन्न संघ–संस्थाको सहयोगमा भवन निर्माण सम्पन्न गरी संघलाई सबैको साझा चौतारी बनाउने उद्देश्य लिएको बताए । भवन निर्माणका लागि संघले हरेक सदस्य संस्थाबाट ५१ हजार र पूर्वअध्यक्ष तथा सल्लाहकारहरुबाट १–१ लाख आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । 

 
शिलान्यास कार्यक्रममा सामी परियोजनाकी संयोजक सीता घिमिरे, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, सल्लाहकार पदमराज पौडेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष तथा संघका पूर्व द्धितिय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कानुनी सल्लाहकारद्धय देवराज कटुवाल र शम्भु निरौलालगायतका संघका अन्य सदस्य तथा व्यवसायीहरुको उपस्थित रहेको थियो ।

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
376.   “फ्री भिसा, फ्री टिकट” सरकारले लागु गरेरै छोड्ने
377.   संघमा विमल ढकाल विजयी (मत परिणामसहित)
378.   वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा सम्पन्न
379.   संघमा नयाँ नेतृत्वको निर्वाचन भोली बिहिबार हुदै
380.   आकर्षणको अग्रसरतामा सिन्धुपाल्चोकका भुकम्पपीडितलाई २६ लाख वितरण
381.   अध्यक्षका प्रत्यासीले मागे श्रमराज्यमन्त्री राजिनामा
382.   संघको महासचिवमा महासंग्राम
383.   संघ निर्वाचनमा प्रथम उपाध्यक्षमा तीन प्रतिष्पर्धी
384.   कांग्रेसले भन्यो संघको नेतृत्वमा आधिकारिक ढकाल प्यानल
385.   ढकालको नेतृत्वमा फोरमको पूर्ण प्यानल घोषणा
386.   संघको आगामी नेतृत्वमा पोखरेलको प्यानल घोषणा
387.   विशुद्ध व्यवसायिक घिमिरेको सबै पदसहितको प्यानल सार्वजनिक
388.   ‘फ्रि भिषा, फ्रि टिकट’ तत्काल लागु नहुने संकेत
389.   बिशुद्ध व्यवसायिक नेतृत्वका लागि घिमिरेको प्यानल
390.   वैदेशिक रोजगार अब निःशुल्क
391.   कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्र गर्न निर्देशन
392.   बाणिज्य बैंकमा १ सय ९५ जनालार्इ स्थायी जागिर खुल्यो
393.   विद्युत प्राधिकरणमा १६ सय ९९ जनाको जागिर खुल्यो
394.   तामाङ निर्वाचन प्रमुख बनेपछि संघको विवादमा ‘यूटर्न’
395.   शर्त पुरा नगरेसम्म घरेलु कामदार नपठाउन राजदूतको आग्रह
396.   नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची
397.   भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यलाई रोजगारी माग
398.   स्वास्थ्य व्यवसायी महासंघले बाँड्यो १५ लाखको राहत
399.   ‘जिरो कष्ट’ मा कामदार पठाउन व्यवसायी तयार
400.   विदेसिने क्रम र रेमिट्यान्स बढ्ने
Results 496: You are at page 16 of 20
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media