बुधवार, मंसिर २७ गते, २०७४
विहिवार, २०७४ मंसिर १३ गते ००:१९

निर्वाचन ताका अधिकांश उम्मेदवारहरुको एजेण्डा र भाषणमै सीमित बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै भवन निर्माण गर्ने चुनावी नाराले अब भने मूर्तरुप पाउने भएको छ । तीनकुनेमा रहेको साविकको वैदेशिक रोजगार विभाग नजिकै रहेको संघको ७ आना जग्गामा करिब ३ करोड लागतमा बन्ने ४ तल्ले भवनको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बुधबार विहान शिलान्यास गरेका हुन । 
 
भवन शिलान्यास पश्चात सचिव मैनालीले व्यवसायी संघसँगै सरकारले सहकार्य गर्ने भएकाले सरकारी पक्षबाट पनि संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै भवन निर्माण समितिका सहसंयोजक रघु पुरीले व्यवसायी एकता भए विना आर्थिक कठिनाई डेढ वर्षभित्र भवन बनाइसक्ने बताए । गत असारमा रोहन गुरुङको अध्यक्षतामा निर्वाचित संघको कार्यसमितिको पहिलो वैठकले नै भवन निर्माणका लागि हेमबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरी काम शुरु गरेको थियो ।



स्थापनाकालदेखि संघको कार्यालय विभिन्न स्थानमा भाडामा रहदै आएको थियो । तत्कालिन अध्यक्ष दान बहादुर तामाङको पालामा संघले भवन निर्माणका लागि तीनकुनेमा जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन । यस्तै बलबहादुर तामाङको पालामा संघको तीनकुनेस्थित जग्गा बिक्रि गरेर अन्यत्र भवन नै खरिद गर्ने अभियान चलाइएकोमा यसले पनि मूर्तरुप पाउन सकेको थिएन ।   
 
संघका अध्यक्ष गुरुङले संघको भवन शिलान्यास गर्ने विषयले सबै व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले विभिन्न संघ–संस्थाको सहयोगमा भवन निर्माण सम्पन्न गरी संघलाई सबैको साझा चौतारी बनाउने उद्देश्य लिएको बताए । भवन निर्माणका लागि संघले हरेक सदस्य संस्थाबाट ५१ हजार र पूर्वअध्यक्ष तथा सल्लाहकारहरुबाट १–१ लाख आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । 

 
शिलान्यास कार्यक्रममा सामी परियोजनाकी संयोजक सीता घिमिरे, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, सल्लाहकार पदमराज पौडेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष तथा संघका पूर्व द्धितिय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कानुनी सल्लाहकारद्धय देवराज कटुवाल र शम्भु निरौलालगायतका संघका अन्य सदस्य तथा व्यवसायीहरुको उपस्थित रहेको थियो ।

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
351.   श्रम मन्त्री सहितको उच्चस्तरिय टोली मलेसियामा
352.   कोरिया जाने कामदारलाई निःशुल्क टिकट दिलाउँछु : श्रम राज्यमन्त्री गुरुङ
353.   व्यवसायी संघमा अध्यक्ष ढकाल हटाउने खेल
354.   ‘म माथि मेनपावर व्यवसायीले सुनियोजित आक्रमण गरे’ (भिडियो सहित)
355.   फ्री भिषा र फ्री टिकट लागु हुँदा विदेश जाने घटे
356.   महानिर्देशक सुवेदीलाई कालोमोसो र कुटपिट
357.   इजरायल जाने मापदण्ड तोकियो
358.   अन्तत बायोमेट्रिक लागु
359.   नेपाली कामदार इजरायल जाने बाटो खुल्यो (भिडियो सहित)
360.   महासंघद्वारा ४ सदस्य मनोनित
361.   ३१ बूँदे सहमति खारेज हुनुपर्ने व्यवसायीको माग
362.   संघको भेलामा कुर्सी हानाहान
363.   सरकारसँगको सहमतिलाई लिएर व्यवसायीहरुमा विवाद
364.   गत आवमा सवैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस (सुचि सहित)
365.   लागु भएन फ्रि टिकट, कान्तिपुरमै हाँकाहाँकी विज्ञापन
366.   ‘सरकारसँगको सम्झौता दुवै पक्षको जीत’
367.   अब फ्री भिसा र फ्री टिकटको विषय मिल्यो
368.   फ्री भीषा फ्री टिकटमा आफै चुके मेनपावर व्यवसायी
369.   ५ हजारमा मिलेन मन्त्रालय र व्यवसायीको वार्ता
370.   मेनपावर व्यवसायी–मन्त्रालय वार्ता सहमति नजिक
371.   श्रम मन्त्रालय र व्यवसायीबीच वार्ता जारी
372.   कुर्सीमा बस्ने मेनपावर व्यवसायीलाई गर्मीमा आन्दोलन नगर्न मन्त्रीको आग्रह
373.   व्यवसायीले नटेरे जीटुजी मार्फत कामदार पठाउन सकिन्छ : मन्त्री गुरुङ
374.   व्यवसाय ठप्प पार्दै वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलन जारी
375.   सरकारले निर्णय फिर्ता नगरे मेनपावर अनिश्चितकाल बन्द
Results 496: You are at page 15 of 20
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media