विहिवार, फाल्गुन १० गते, २०७४
विहिवार, २०७४ मंसिर १३ गते ००:१९

निर्वाचन ताका अधिकांश उम्मेदवारहरुको एजेण्डा र भाषणमै सीमित बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै भवन निर्माण गर्ने चुनावी नाराले अब भने मूर्तरुप पाउने भएको छ । तीनकुनेमा रहेको साविकको वैदेशिक रोजगार विभाग नजिकै रहेको संघको ७ आना जग्गामा करिब ३ करोड लागतमा बन्ने ४ तल्ले भवनको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बुधबार विहान शिलान्यास गरेका हुन । 
 
भवन शिलान्यास पश्चात सचिव मैनालीले व्यवसायी संघसँगै सरकारले सहकार्य गर्ने भएकाले सरकारी पक्षबाट पनि संघलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै भवन निर्माण समितिका सहसंयोजक रघु पुरीले व्यवसायी एकता भए विना आर्थिक कठिनाई डेढ वर्षभित्र भवन बनाइसक्ने बताए । गत असारमा रोहन गुरुङको अध्यक्षतामा निर्वाचित संघको कार्यसमितिको पहिलो वैठकले नै भवन निर्माणका लागि हेमबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरी काम शुरु गरेको थियो ।



स्थापनाकालदेखि संघको कार्यालय विभिन्न स्थानमा भाडामा रहदै आएको थियो । तत्कालिन अध्यक्ष दान बहादुर तामाङको पालामा संघले भवन निर्माणका लागि तीनकुनेमा जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन । यस्तै बलबहादुर तामाङको पालामा संघको तीनकुनेस्थित जग्गा बिक्रि गरेर अन्यत्र भवन नै खरिद गर्ने अभियान चलाइएकोमा यसले पनि मूर्तरुप पाउन सकेको थिएन ।   
 
संघका अध्यक्ष गुरुङले संघको भवन शिलान्यास गर्ने विषयले सबै व्यवसायीलाई उत्साहित बनाएको बताए । उनले विभिन्न संघ–संस्थाको सहयोगमा भवन निर्माण सम्पन्न गरी संघलाई सबैको साझा चौतारी बनाउने उद्देश्य लिएको बताए । भवन निर्माणका लागि संघले हरेक सदस्य संस्थाबाट ५१ हजार र पूर्वअध्यक्ष तथा सल्लाहकारहरुबाट १–१ लाख आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । 

 
शिलान्यास कार्यक्रममा सामी परियोजनाकी संयोजक सीता घिमिरे, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, तृतीय उपाध्यक्ष शुक्र पाख्रिन, सल्लाहकार पदमराज पौडेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष तथा संघका पूर्व द्धितिय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कानुनी सल्लाहकारद्धय देवराज कटुवाल र शम्भु निरौलालगायतका संघका अन्य सदस्य तथा व्यवसायीहरुको उपस्थित रहेको थियो ।

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
326.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
327.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
328.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
329.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
330.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
331.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
332.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
333.   साउदीमा ३ सय नेपाली बिचल्ली
334.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
335.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
336.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
337.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
338.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
339.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
340.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
341.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
342.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
343.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
344.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
345.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
346.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
347.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
348.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
349.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
350.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
Results 518: You are at page 14 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media