मंगलवार, मंसिर २६ गते, २०७४
मंगलवार, २०७४ मंसिर १२ गते २२:३८

मुलुकको आठवटा सहरको भौतिक पूर्वाधार तथा वातावरणीय विकासका लागि एसियाली विकास बैङ्क (एडीबी)ले ऋण सहयोग उपलब्ध गराउने भएको छ । क्षेत्रीय सहरी विकास आयोजनाका लागि एडीबीले यो ऋण सहयोग उपलब्ध गराउन लागेको हो । 
 
सहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीका अनुसार सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी र एसियाली विकास बैङ्कका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले सो ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 
 
सम्झौता अनुसार एसियाली विकास बैङ्कले उपलब्ध गराउने सहायता रकमको आठ वर्षसम्म नेपालले प्रतिसयकडा एक प्रतिशत र त्यसपछि १.५ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने हुन्छ । यो आयोजना सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिसक्नुपर्नेछ । 
 
कुल १५ अर्ब ४० करोड रुपियाँका लागि सो सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिँदै प्रवक्ता केसीले विराटनगर, वीरगन्ज, सिद्धार्थनगर, नेपालगन्ज, भीमदत्त, धनगढी, गोदावरी र शुक्लाफाँटाको सहरी पूर्वाधारको विकास तथा वातावरणीय सुधारका लागि सो रकम खर्च गरिने जानकारी दिनुभयो । 
 
एडीबीको यो आर्थिक सहयोगले तोकिएका सहरहरूको भौतिक पूर्वाधारको विकास तथा वातावरणीय सुधारका साथै बाढी नियन्त्रण र रोकथामका संरचनाहरूको निर्माण गर्नु, दुई सय किलोमिटर ढल निकास, २४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ निर्माण तथा चारवटा ल्यान्डफिल्ड साइट निर्माण गरिनेछ । 
 
यो आयोजनाको कुल लागत २१४ मिलियन डलर रहेको छ, जसमध्ये एडीबीले सोमबार भएको सम्झौताअनुसार १५० मिलियन डलर उपलब्ध गराइरहेको जानकारी एडीबीको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको निर्देशक चक्रवर्ती कण्ठले दिनुभयो । 
 
यो आयोजनाको लागि नेपाल सरकार र एडीबीबीच सोमबार सम्झौता भए पनि एडीबीको सहयोेगमा यो आयोजना गत वर्षदेखि नै लागू रहेको जानकारी निर्देशक कण्ठले दिनुभयो । यस्तो लगानीलाई ‘सम्झौतापूर्व लगानी’ (रेक्ट्रो एक्टिभ फिनान्सिङ) भनिन्छ । 
 
उहाँका अनुसार यो आयोजना अन्तर्गत नेपाल सरकारले एडीबीबाट ऋण सहयोग प्राप्त गर्नेछ भने सरकारले प्रस्तावित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूलाई अनुदानस्वरुप रकम उपलब्ध गराउनेछ । 
 
सहरी पूर्वाधार निर्माणसँगसँगै यो आयोजनाअन्तर्गत सहरी योजनाको क्षेत्रमा परियोजना पहिचान गर्न ‘प्रोजेक्ट बैङ्क’ पनि निर्माण गर्नुका साथै नयाँ नगरपालिकाको रूपमा स्थापित गोदावरी र शुक्लाफाँटाको कार्यालय भवनसमेत निर्माण गरिने जानकारी उहाँले दिनुभयो । 
 
एडीबीको सहयोगमा अहिले सहरी वातावरण सुधार आयोजना, मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजना, एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजना गरी चारवटा आयोजना नेपालमा सञ्चालन छन् । 
 
मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजनाअन्तर्गत विराटनगर, बुटवल, बनेपा, धुलिखेल र पनौतीमा कार्यक्रम सञ्चालित छन् । त्यसैगरी एकीकृत सहरी विकास आयोजनाअन्तर्गत धरान, जनकपुर, सिद्धार्थनगर र नेपालगन्जमा विकास कार्यहरू सञ्चालित छन् । यो दुइटै आयोजनाको समयावधि सन् २०१८ सम्म छ ।
- भउचप्रसाद यादव
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
2.   चुनावमा अवैध पैसा धेरै
3.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
4.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
5.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
6.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
7.   एनबी इन्सुरेन्सको नाम परिवर्तन, अब आइएमईका नाममा संचालनमा
8.   सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालनमा
9.   आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा
10.   बुटवल पावरले ग¥यो चाइनाका तीन कम्पनीसँग साझेदारी
11.   एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने सरकारको निर्णय
12.   हिमालयन बैंकद्धारा विद्यालयलाई २० थान कम्प्युटर प्रदान
13.   उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने
14.   सिटी एक्सप्रेसको उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा
15.   एनआईबिएल क्यापिटल मार्केटसको शाखा बिस्तार
16.   महालक्ष्मी विकास बैंकको सिइओमा लामिछाने नियुक्त
17.   बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
18.   सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा
19.   एनआईबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता सम्पन्न
20.   ओरेन्टल सहकारी समस्याग्रस्त घोषित
21.   आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
22.   यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा
23.   सिटी एक्स्प्रेसले घोषणा गर्यो 'उत्सव एक्स्प्रेस' विजेताको घोषणा
24.   सेन्चुरी कमर्सियल बैंकको सिइओमा शाह नियुक्त
25.   रिया आइएमई ‘लक्की ड्र’बाट चार विजेता छानिए
Results 773: You are at page 1 of 31
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last

Powered By : Unitech Media