आइतवार, फाल्गुन ०६ गते, २०७४
शनिवार, २०७४ मंसिर ०८ गते ०३:४४

 
आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि भारतको सितामढी जिल्ला संग जोडिएको महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एक सय ६ किलोमिटर सीमा ७२ घण्टा (तीन दिन)को लागि सिल गर्ने निर्णय भएको छ ।
 
भारत विहारको सीतामढीस्थित कलेक्टरियट कार्यालयमा भएको ‘क्रस बोर्डर’ बैठकमा निर्वाचनकोे बेला सुरक्षा अवस्था चुस्तदुरुस्त पार्न र निर्वाचनमा खलल पुग्ने सक्ने अवांक्षित गतिविधि नियंत्रण गर्न डिसेम्बर महिनाको ५ तारिख मध्ये रातिदेखि मतदान अवधिभर सीमा सील गर्ने निर्णय भएको हो।
 
चुनावी सुरक्षा केन्द्रित गरेर आयोजना गरिएको उक्त वैठकले चुनावको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखि भारतको सितामढी जिल्लासंग सिमा जोडिएका महोत्तरी , सर्लाही , र रौतहट जिल्लाको सिमा ७२ घण्टा (तीनदिन)को लागि सिल गर्ने निर्णय भएको जानकारी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिएका छन् । 
 
‘प्रतिनिधि सभा र प्रदेश सभा चुनावको बेला खुल्ला सिमाको फाइदा उठाउँदै अपराधिक समूहले चलखेल गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी तीन वटै जिल्लाको सीमा सिल गर्ने सहमति भएको हो ।’ प्रजिअ श्रेष्ठले भने ‘ सीमा सिल भएको अवधिमा कसैलाई पनि सिमावर्ती क्षेत्र भएर आवतजावत गर्न पूर्णरुपमा रोक लगाइने छ ।’
 
भारत विहारको सितामढी जिल्लासंग जोडिएको महोत्तरीको ३८ किलोमिटर, सर्लाहीको ५२ किलोमिटर र रौतहटको १६ किलोमिटर सीमा गरी एक सय ६ किलोमिटर सीमा सिल गरिने उनले बताए।
  
भारतसँग सीमा जोडिएका प्रदेश २ का ८ जिल्लामा मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ। 
 
अन्य चुनावमा ४८ घण्टा मात्रै सीमा सिल हुँदै आए पनि नेपालमा अहिले हुन लागेको चुनाव स्थानीय स्तरको भएकाले ७२ घण्टाको लागि सिमा सिल गर्ने सहमति भएको हो। 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
2.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
3.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
4.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
5.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
6.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
7.   निगमको संरचना परिवर्तन गरिँदै
8.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
9.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
10.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
11.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
12.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
13.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
14.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
15.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
16.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
17.   जापानले ३२ करोड आर्थिक साहयता दिने
18.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
19.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
20.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
21.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
22.   सुरक्षित घर अभियान सुरु
23.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
24.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
25.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
Results 651: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media