मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ मंसिर ०८ गते २१:५४

पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले प्रसारप्रसार गर्ने अवधि बिहीबारबाट समाप्त भएको छ । आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्र अनुसार मतदातासँग मत माग्ने अवधि सकिएकाले अब मतदाताले मौन अवधिमा कुन राजनीतिक दल र उम्मेदवारलाई मत दिने भनेर निर्णय गर्ने समय सुरु भएको बताउनुभयो । 
 
प्रवक्ता ढकालले निर्वाचनको मौन अवधि सुरु भएकाले अब उम्मेदवार आफैँ वा अरू कसैले पनि कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन र आचारसंहिता विपरीत कसैले निर्वाचन प्रसारप्रसार गरेमा वा मतदातालाई प्रभाव पार्ने कार्य भएमा निर्वाचन ऐनअनुसार आवश्यक कारबाही हुने बताउनुभयो । 
 
यसैगरी उपदफा ६ मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न नहुने उल्लेख छ । यस्तो कार्य गरेको पाइएमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले ठाउँका ठाउँ २५ रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको जानकारी आयोगले दिएको छ । 
 
चारवटा चिह्नमा मत
मङ्सिर १० र २१ गते हुने निर्वाचनमा मतदाताले तीन थरीका मतपत्रमा चारवटा निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्नेछ ।  मतदानको दिन निर्वाचन केन्द्रमा पुगेपछि मतदाताले सुरुमा प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्नहरू रहेको मतपत्र र त्यसपछि कालो रङका निर्वाचन चिह्न रहेका मतपत्रमा प्रदेशसभा सदस्यका लागि आफूलाई मन परेका उम्मेदवारको चिह्नमा मत सङ्केत गर्नुपर्नेछ । 
 
यसपछि समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटा पानामा माथिल्लो भागमा रहेको मतपत्र–१ मा रातो रङमा रहेका दलका निर्वाचन चिह्नमा प्रतिनिधिसभा सदस्य र सोही पानाको तल्लो भागमा रहेको मतपत्र–२ मा रातो रङमा रहेका दलका निर्वाचन चिह्नमा प्रदेशसभा सदस्यका लागि मतदाताले मत सङ्केत गर्नुपर्छ । 
 
त्यसरी मत सङ्केत गर्दा मतदाताले समानुपातिकतर्फको मतपत्रको माथिल्लो भागमा रहेका दलका निर्वाचन चिह्नहरूमध्ये आफूलाई मन परेको एक दलको निर्वाचन चिह्नमा प्रतिनिधिसभा सदस्यका लागि र तल्लो भागमा रहेका दलका निर्वाचन चिह्नमध्ये आफूलाई मन परेको एक दलको निर्वाचन चिह्नमा प्रदेशसभा सदस्यका लागि गरी दुईवटा निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
2.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
3.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
4.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
5.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
6.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
7.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
8.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
9.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
10.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
11.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
12.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
13.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
14.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
15.   आज रामनवमी र चैते दशैें
16.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
17.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
18.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
19.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
20.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
21.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
22.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
23.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
24.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
25.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
Results 685: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media