विहिवार, २०७० फाल्गुन ०१ गते १५:००
विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ ।