सोमवार, फाल्गुन ०७ गते, २०७४
शुक्रवार, २०७४ मंसिर ०७ गते ०२:०८

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ ।
 
एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत गराएको जानकारी अनुसार अबको केही दिन भित्रमा परिचय पत्रका लागि आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न एक इमेल सदस्यहरूलाई प्राप्त हुनेछ ।
 
संस्थाको वेब पेजमा लग९इन गरी आफ्नो तस्वीर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरेपश्चात परिचय पत्रका लागि प्रक्रिया अघि बढ्ने जानकारी अध्यक्ष डा. पौडेलले दिए । कसरी तस्वीर अपलोड गर्ने तथा अनलाइन प्रोफाइलको पासवर्ड बिर्सेको भए कसरी परिवर्तन गर्ने भन्ने विषयमा प्राप्त गरिने इमेलमा सबै सूचना समावेश हुने अध्यक्ष डा. पौडेलद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
 
स्मरणय रहोस्, वर्तमान कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै गत सेप्टेम्बर १७ तारिखमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति सदस्य गोपेन्द्र भट्टराईको संयोजकत्वमा एनआरएनए परिचयपत्र समिति गठन गरी परिचयपत्रको व्यवस्था अविलम्ब सुरु गर्न सम्पूर्ण जिम्मेवारी दिएको थियो  ।
 
सो बैठक पश्चात् संयोजक भट्टराईले एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिसँग छलफल तथा परामर्श गरी एनआरएनएका सबै राष्ट्रिय समितिहरुमा एकै पत्रकारको परिचयपत्र वितरण गर्ने व्यवस्थाका लागि अन्तर्राष्ट्रिय समितिकि उपाध्यक्ष सपिला राजभण्डारीको संयोजकत्वमा अन्तर्राष्ट्रियस्तरको अर्को समिति बनेको थियो ।
 
एनआरएन अमेरिकाका मिडिया कोर्डीनेटर बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार अबको केही साता भित्रमा अमेरिकाका सबै एनआरएनए सदस्यहरूले आआफ्ना स्थानीय शाखाहरुमार्फत परिचयपत्र प्राप्त गर्नेछन् तर यसका लागि भने प्रत्येक सदस्यले अनलाइन प्रोफाइल अपडेटका साथै पासपोर्ट साइजको तस्वीर समेत अपलोड गर्नुपर्नेछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
2.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
3.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
4.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
5.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
6.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
7.   एनआरएनएको अस्तित्व संकटमा
8.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
9.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
10.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
11.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
12.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
13.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
14.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
15.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
16.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
17.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
18.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
19.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
20.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
21.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
22.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
23.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
24.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
25.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
Results 388: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media