शुक्रवार, जेष्ठ ११ गते, २०७५
शुक्रवार, २०७४ मंसिर ०७ गते ००:४७

रोजगार मञ्च । बुटवल पावर कम्पनी लिमिटेड (बिपीसी)ले चीनका सिचुवान प्रान्तका तीन प्रमुख कम्पनीहरुसँग विद्युत उत्पादन गर्नका लागि साझेदारी गरेको छ । बिपिसीले उक्त साझेदारीको एक भब्य कार्यक्रम गरी बुधबार औपचारिकता दिएको छ । 
 
बिपीसीका अध्यक्ष पद्म ज्योति, राष्ट्रिय योजना आयोगका सदस्य डा.अर्बिन्दकुमार मिश्र, चाइनाबाट आएका सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट गु्रप कम्पनी लिमिटेड, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट गु्रप कम्पनी लिमिटेड र छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनीका प्रतिनिधिले उक्त साझेदारीको उद्घाटन गरे ।  
 
बिपिसीले चीनका तीन प्रमुख हाइड्रोपावर कम्पनी सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट गु्रप कम्पनी लिमिटेड, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट गु्रप कम्पनी लिमिटेड र छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडबीच साझेदारी भएको हो ।  उक्त साझेदारीको सुरुआत गण्डकी अञ्चलको उच्च हिमाली क्षेत्रमा अवस्थित तल्लो मस्र्याङ्दी हाइड्रोपावर आयोजनाबाट एक सय मेगावाटभन्दा बढी क्षमता विद्युत उत्पादन गरिने जनाइएको छ । 
 
‘सिचुवानका ठूला लगानीकर्ताको सहकार्यमा धेरै काम गर्न सकिने बिश्वास लिएको छौ, निकट भविष्यमा थप अन्य आयोजना पनि निर्माण गरिने छ ।’ बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योतिले जानकारी दिए । 
 
बिपिसीले पाँच वर्षभित्र करिब दुईदेखि तीन अर्ब अमेरिकी डलर लागतमा कम्तीमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । बिपिसीसँग साझेदारी गरेका चीनका तीन कम्पनी पश्चिमी चीनको सिचुवान प्रान्तस्थित वृहत, प्रतिष्ठित र सफल कम्पनी हुन् ।
 
 नेपालजस्तै सिचुवान प्रान्त पनि जलस्रोतमा निकै धनी छ । उक्त कम्पनीले ७५ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्दै आएको छ । यीमध्ये राज्यको स्वामित्व रहेको सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट गु्रपले ३७ हजार मेगावाट विद्युत् आफ्नै क्षमतामा उत्पादन गर्दै आएको छ ।  
 
विभिन्न क्षेत्रमा लगानी रहेकोे वृहत् कम्पनी चेङ्दु सिंचेन इन्भेस्टमेन्ट गु्रपले चेङ्दु सहरको विकासमा अग्रणी भूमिका निर्वाह गरेको छ । छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी चाइनाको निजी क्षेत्रको उच्चस्तरीय इन्जिनियरिङ र कन्सल्टेन्सी कम्पनी हो जसले सिचुवन क्षेत्रमा हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । 
 
२०२० सालमा स्थापना भएको बुटवल पावर कम्पनी एक पब्लिक लिमिटेड कम्पनी हो । आफ्नो स्थापनाकालको ५० वर्ष पूरा गरेको बिपिसीले ३७.६ मेगावाटको कावेली ‘ए’ हाइड्रोपावर आयोजना र ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना सुरुआत गरेको छ । बिपिसीले १२ मेगावाटको झिमरुक र ९.४ मेगावाटको आँधिखोला पावर प्लान्ट सञ्चालन गर्दै आएको छ । 


 
साथै बिपिसीले खिम्ती र खुदी प्लान्टमा समेत लगानी गरेको छ । नेपालका पश्चिमी भागमा अवस्थित स्याङ्जा, पाल्पा, प्यूठान र अर्घाखाँची जिल्लाका ५० हजारभन्दा बढी घरपरिवारलाई बिजुली प्रदान गर्दै आएको बिपिसीले पावर प्लान्टको सञ्चालन तथा मर्मत–सम्भार, हाइड्रोपावर इन्जिनियरिङ सम्बन्धी सल्लाह–सुझाव, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल उपकरण उत्पादन तथा मर्मत–सम्भारजस्ता कार्य समेत गर्दै आएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   बाल सुधार संघलाई हिमालयन बैंकको सहयोग
2.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
3.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
4.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
5.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
6.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
7.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
8.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
9.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
10.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
11.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
12.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
13.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
14.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
15.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
16.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
17.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
18.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
19.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
20.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
21.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
22.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
23.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
24.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
25.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
Results 857: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media