शनिवार, माघ ०६ गते, २०७४
बुधवार, २०७४ मंसिर ०६ गते २२:२०

महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको छ ।  गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागी पक्राउ परेपछि थप अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानमा आठ जनाको समूह पक्राउ परेको हो ।  
 
पक्राउ पर्नेमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भवानीप्रसाद भट्टराई, कालीकोटका विशालजङ्ग शाही, सुरेशबहादुर शाही, धरानका अभय पोखरेल, स्याड लाइफ कन्सल्टेन्सीका अनिल सराफ, काभ्रेका देवराज तामाङ र सन्तोषकुमार तिवारी छन् ।  
 
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार किसानी काम गर्दै आएका मोक्तान र भट्टराई ईडीभी परेपछि अन्तरवार्ता दिन एसएलसी, कक्षा १२ र बीएड पास गरेको शैक्षिक प्रमाणपत्र बोकेर राजदूतावास पुगेका थिए ।  


 
उनीहरूको शैक्षिक योग्तामाथि शङ्का लागेपछि राजदूतावासले नै नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको थियो ।प्रहरीले अनुसन्धानमार्फत नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कन्सल्टेन्सी सञ्चालकसहित आठजनालाई पक्राउ गरेको हो ।  
 
अन्य अभियुक्तले समेत नक्कली शैक्षिक प्रमाणपत्र तथा तालिमसम्बन्धी विभिन्न कागजपत्र पेस गरी ‘सेमिनार’मा सहभागी हुने नाममा अमेरिका जाने तयारी गरिरहेको बेला पक्राउ गरिएको महाशाखाले जानकारी दिएको  छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
2.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
3.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
4.   सुरक्षित घर अभियान सुरु
5.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
6.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
7.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
8.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
9.   चिसो अझै बढ्न सक्ने
10.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
11.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
12.   फेरि इन्धनको मूल्य बढ्यो
13.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
14.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
15.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
16.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
17.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
18.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
19.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
20.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
21.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
22.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
23.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
24.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
25.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
Results 633: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media