सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ मंसिर ०५ गते २२:२३

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ ।
 
फाउन्डेसनको १० औ बार्षिक उत्सवको अवसरमा  अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा आयोजित एक कार्यक्रबीच अमात्य सम्मानित भएकी हुन् । 
 
उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोरी चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । वार्षिक उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरु भेला भएका थिए । 
 
ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी कञ्चन अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वल्र्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
 
उनले राष्ट्रपति भवनमा ह्वाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।


 
अमात्य ग्लोबल च्याम्पियन फर वुमेन्स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।
 
उनलाई हालसालै २०१७ एभ्रीडे योङ्ग हिरो अवार्डद्वारा पुरस्कृत गरिएको थियो  । यसको साथै आगामी डिसेम्बर ४ मा हुने मा डिसीमा हुने बिश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
351.   मोसु कतारको दशौं साधारणसभा नोभेम्बर चौधमा हुदै
352.   ईदमा पिजनद्धारा भलिवल प्रतियोगिताको आयोजना
353.   जनसम्पर्क समिति कतारको इफ्तार कार्यक्रम
354.   तेश्रो उत्तर अमेरिकाव्यापि भलिबल हुदै
355.   कतारमा एमआरपी आवेदन संकलन शिविर सम्पन्न
356.   स्याङजा समाज कतारको सहयोग हस्तान्तरण
357.   एनआरएनए बहराइनद्वारा नेपाली कलाकारहरुलाई सम्मान
358.   नेपाली कलाकार समूह बहराइनकोे आर्थिक सहयोग
359.   ओमानको सललाहमा दूतावासको एमआरपी शिविर
360.   ओमान दूतावासको कामकारवाही प्रति नेपाली समाज रुष्ट
361.   दूतावाससँग अन्तरक्रिया गर्दै ओमानवासी नेपाली
362.   महिला समाज कतारको अध्यक्षमा पुन रेखा
363.   जापान आउनुअघि गम्भीर सोच्नुस !
364.   अष्ट्रेलियामा नेपाली भिजन नाईट सम्पन्न
365.   बहराइनवासी नेपालीले भने –दूत विनाको दूतावासको के काम ?
366.   घरेलु कामदार रोकलाई खाडीमा कार्यरत महिलाको स्वागत
367.   राजदूतको नै फोन उठाउँदैनन् दूतावासका कर्मचारी
368.   कतारबाट साहाराको घरलाई आर्थिक सहयोग
369.   दूतावास खुल्यो अव सामाजिक क्लव खोल्दै ओमानवासी नेपाली
370.   दोहामा खेलकुद र सांगीतिक कार्यक्रम हुने
371.   स्याङजा सहयोग समाजको नवौं वार्षिकोत्सव सम्पन्न
372.   कतारमा शोक सभा गरियो
373.   वहराइनमा निःशुल्क स्वास्थ्य शिविर
374.   कतारमा रक्तदान र सचेतना कार्यक्रम
375.   एनआरएन ओमानले नारी दिवस मनायो
Results 416: You are at page 15 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media