सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ मंसिर ०४ गते ०४:२०

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गरी निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरेको छ । ग¥यो । समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले उक्त सम्मान प्रदान गरेकि हुन । 
 
कार्यक्रममा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेल, गायिका सुजाता के.सी., भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधानलगायतले नेपाली साहित्य र सिड्नीको सिर्जनात्मक वातावरण बारे बोलेका थिए । मन्तव्यको क्रममा अष्टे«लियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा राखे । 
 
उक्त समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गरेका थिए । 


 
सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरुको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गरे । नयाँघरेले भने –‘अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ ।’ 
 
समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम अत्यन्तै सुन्दर र भव्यरुपमा सम्पन्न भएको थियो । 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
51.   साहित्यकार जगदिश घिमिरेको निधन
52.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
53.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
54.   बेलायतमा घन्कियो नेपाली गजल
55.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
56.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
57.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
58.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
59.   पत्रकार, प्रेमिका र डिसहोम
60.   अन्सारीको अतीत:युवराज नयाँघरे
61.   गर्भपतन
62.   बिचरा तिमी
63.   मिर्लुङको मेलोडी
64.   साइनो बेच्ने केटी
65.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
Results 65: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media