शनिवार, माघ ०६ गते, २०७४
नयाँ मेनपावर दर्ता समाधानकी समस्या ?
मंगलवार, २०७४ मंसिर ०४ गते ०२:३६

सरकारले व्यवस्थित गर्नका लागि ६ वर्षदेखि नयाँ मेनपावर कम्पनी दर्ता गर्न रोक लगाएको भएता पनि केही बर्ष यता धमाधम नयाँ मेनपावर कम्पनी वैदेशिक रोजगार विभागबाट दर्ता भइरहेका छन् । 
 
नयाँ मेनपावर कम्पनी दर्ता गर्न रोक्नु पर्छ भन्ने दबाब बढिरहँदासमेत विभागले अहिलेसम्म ३ सयभन्दा बढि नयाँ मेनपावर दर्ता गरिसकेको छ । संचालनमा आइरहेका मेनपावर कम्पनीलाई सरकारले व्यवस्थित र मर्यादित बनाउन नसकिरहेको अवस्था नयाँ मेनपावर धमाधम दर्ता हुनुमा धेरै आशंकाहरु पैदा भएका छन् । 
 
सरकारले नयाँ कम्पनी दर्ता प्रक्रिया रोकेपछि वैदेशिक रोजगार विभागले अदालतको आदेशमा मात्र नयाँ कम्पनी दर्ता गर्दै आइरहे पनि यसैको आडमा नयाँ मेनपावर दर्ता भएका हुन् । नयाँ मेनपावर खोल्ने कार्य रोक्का भएको ३ वर्षपछि मात्र धेरै कम्पनी दर्ता हुने क्रम बढिरहेको छ ।

वैदेशिक रोजगार विभागबाट नयाँ मेनपावर कम्पनी दर्ता र कम्पनी खारेज फुकुवा प्रक्रियामा पैसा लेनदेन हुने गरेको बिषय बेलाबेला सार्वजनिक भइरहेका छन् । 
 
सरकारले २०६८ असोज १३ मा मन्त्रिपषिद्बाट निर्णय गर्दैै मेनपावर कम्पनीको संख्या बढी भएको र तिनका शाखा कार्यालयको अनुगमन गर्न पर्याप्त जनशक्ति व्यवस्थापन हुन नसकेको जनाउदै नयाँ अनुमति नदिन विभागलाई निर्देशन गरेको थियो । सोही निर्देशन बमोजिम विभागले नयाँ कम्पनी दर्ता रोक्का गरे पनि व्यववसायीले अदालतको आदेशअनुसार हालसम्म ३ सय मेनपावर दर्ता गरेको वैदेशिक रोजगार विभाग संस्था दर्ता शाखाका अधिकृत टंक चौलागाईले जानकारी दिएका छन् । 
 
अदालतको आदेशअनुसार प्रक्रिया पु¥याएर कम्पनी दर्ता गर्न आउने व्यवसायीलाई नयाँ कम्पनी संचालनको अनुमति दिने गरिएको उनले बताए । विभागले हालसम्म १ हजार ३ सय ४८ मेनपावरलाई वैदेशिक रोजगारीका लागि कामदार पठाउनका लागि अनुमति दिइसके पनि हाल ७ सय ५० को हाराहारीका मेनपावरको मात्र दर्ता नवीकरण भएको देखिन्छ । 
 
१ हजार ३ सय ४८ मेनपावरमध्ये पनि ३ सयभन्दा बढी मेनपावर विभिन्न कारणले खारेजीमा परेका छन् । बाँकी मेनपावरले दर्ता नवीकरण नगरेको देखिन्छ । सरकारले मेनपावर कम्पनीको दर्ता प्रक्रिया रोक्नुअघि २०६८ सालसम्म १ हजार ३५ मेनपावर दर्ता भएको विभागको संस्था दर्ता शाखाको रेर्कडमा उल्लेख छ ।



 
 सरकारले मेनपावर दर्ता रोक्का गरेपछि आर्थिक वर्ष २०७२÷२०७३ मा एउटा मात्र कम्पनी दर्ता भएको देखिन्छ । यसरी नै गत आबमा १ सय ७८ कम्पनी दर्ता भएको देखिन्छ भने चालू आर्थिक वर्षको कात्तिक महिनासम्म १ सय ३४ कम्पनी दर्ता भएको देखिन्छ । सरकारले दर्ता प्रक्रिया रोक्का गरेको लामो समयपछि अदालतको आदेशमा कम्पनी दर्ता गर्न पाउने अधिकार जानकारी पाएका कारण सो अवधीमा धरै व्यवसायी दर्ता प्रक्रियामा आएकोले विगत २ वर्षमा दर्ता संख्या बढेर ३ सय १३ पुगेकोे विभागको भनाइ छ ।
 
यता वैदेशिक रोजगार व्यवसायी संघले भने नयाँ मेनपावरको दर्ता तत्काल रोक्नु पर्ने जनाउँदै आएको छ । अहिले भएका मेनपावरलाई नै सरकारले व्यवस्थित गर्न नसकिरहेको अवस्थामा नयाँ मेनपावर खोल्दा समस्या झन बढ्न सक्ने देखिन्छ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
2.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
3.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
4.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
5.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
6.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
7.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
8.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
9.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
10.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
11.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
12.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
13.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
14.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
15.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
16.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
17.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
18.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
19.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
20.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
21.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
22.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
23.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
24.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
25.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
Results 506: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media