शनिवार, माघ ०६ गते, २०७४
सोमवार, २०७४ मंसिर ०४ गते २२:२३

नेपालले सन् २०११ मा पर्यटन वर्ष मनाउँदै १० लाख पर्यटक भित्र्याउने घोषणा गरे पनि त्यसको ६ वर्षपछि मात्र लक्ष्य पूरा भएको छ ।

पर्यटक आगमनका दृष्टिले चालू वर्ष ९सन् २०१७० मा हालसम्मकै धेरै पर्यटक आउने देखिएको छ । १० महिनाको पर्यटक आगमनदर विश्लेषण गर्दा डिसेम्बरसम्ममा १० लाख पर्यटक पुग्ने देखिएको हो । हालसम्म सबैभन्दा धेरै पर्यटक २०१२ मा ८ लाख ३ हजार भित्रिएको तथ्यांक छ । 
 
अध्यगमन विभागको तथ्यांकअनुसार १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१६ को १० महिनामा ६ लाख ७ हजार ५ सय ५६ पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । यो संख्या गत वर्षभन्दा १ लाख ४९ हजार ८ सय ९२ पर्यटकले बढी हो । २०१६ मा ७ लाख ५३ हजार २ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्याभन्दा २०१७ को १० महिनामै ४ हजार बढी भित्रिसकेका छन् । चालू वर्षको १० महिनामध्ये सबैभन्दा बढी अक्टोबरमा १ लाख १२ हजार ४ सय ९२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

१० महिनामा सवैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । “सन् २०१७ मा सबैभन्दा धेरै पर्यटक आउने पक्का भएको छ,” होटल संघ नेपालका महासचिव विनायक शाह भन्छन्, “अहिलेको आगमनदर हेर्दा १० लाखको हाराहारीमा पुग्ने देखिएको छ ।” नेपालका अहिलेको होटलको क्षमता वृद्धि भइ १५ लाखसम्म सहजै पर्यटक धान्ने अवस्था रहेको शाहले जानकारी दिए । 
 
भारतबाटमात्रै १ लाख ३३ हजार २९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन संख्या चीनकोभन्दा ४९ हजार ६ सय ८७ पर्यटकले बढी हो । यस्तै, चीनबाट ८३ हजार ३ सय ४२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट नेपाल भ्रमणमा आएका छन् ।

अमेरिकाबाट मात्रै १० महिनामा ६५ हजार २ सय ४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथोमा श्रीलंकाबाट ४१ हजार १ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट पनि ४० हजार ३ सय ४४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
 
कारोवारबाट 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
2.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
3.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
4.   सुरक्षित घर अभियान सुरु
5.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
6.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
7.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
8.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
9.   चिसो अझै बढ्न सक्ने
10.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
11.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
12.   फेरि इन्धनको मूल्य बढ्यो
13.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
14.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
15.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
16.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
17.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
18.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
19.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
20.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
21.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
22.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
23.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
24.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
25.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
Results 633: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media