बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७४ मंसिर ०३ गते ००:५०

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको ‘आकस्मिक हृदयघात’बाट निधन भएको छ । आइतबार बिहान नर्भिक अस्पताल पु¥याउँदा ३ घण्टा अगाडि नै उनको मृत्यु भइसकेको जनाइएको छ । 
 
माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएका छन् । उपचारमा संलग्न डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल पु¥याउँदा उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।
अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ ।
 
शनिवार चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसँग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । 


 
घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका हुन् ।
 
दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिएको छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि  पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।


 
आफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडौं केन्द्रित भएका छन् ।

 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media